अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइरहँदा के नर्सहरु खुसी छन् त ?

लुम्बिनी प्रदेश बिशेष विचार/व्लग स्वास्थ्य/ खेलकुद

नेपालगन्ज :  प्रत्येक वर्ष मे १२ मा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ । फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको सम्झनामा नेपालमा पनि आजैका दिन धुमधामका साथ कार्य स्थलमा विभिन्न कार्यक्रमहरु गरेर नर्सिङ कर्मचारीहरुले नर्सिङ दिवस मनाएका छन् ।

पछिल्लो समयमा चिकित्सक तथा नर्सिङ कर्मचारीहरुमाथि हातपात गर्ने, कार्यस्थलमै असुरक्षित भएको भनेर व्यापक रुपमा कुराहरू उठिरहेको पाइन्छ ।  अझैपनि केही संघ संस्थाहरुमा नर्सिङ कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्युनतम पारिश्रक नदिएर श्रम शोषण गरेको कुराहरू उठेका छन् । सरकार र नेपाल  नर्सिङ संघका पदाधिकारीबिच ठूलाठूला अस्पतालहरुमा ग्रसमा ३४ हजार र मझौला खाले अस्पतालहरुमा २८ हजार दिने सहमति भएपनि सोही अनुसार अझैसम्म पनि धेरै अस्पतालहरुमा नदिएको बताइन्छ ।

नेपालमा नर्सिङ मेन पावर विदेशीने क्रम बढ्दै गई अबको केही वर्षपछि नर्सिङ कर्मचारी नपाउने होकी भन्ने यदाकदा चिन्ता गर्न सुरु गरिएको छ भने धेरै नर्सिङ विषय पढाउने कलेज बन्द भएर उत्पादन कम भएको हुदा त्यसतर्फ सरकारको ध्यान नगएको बताइन्छ । नर्सिङ कामगर्ने अस्पतालहरुमा नर्सिङ कर्मचारीहरुले राजिनामा दिनेको संख्या बढी रहेको बताइएको छ । यसको मुख्य कारण नेपालमा कार्यस्थलमा असुरक्षित रहनु, तलव भत्ता कम हुनु र विदेशमा तलव बढी दिने र उनीहरूलाई तुरुन्त भिसा लाग्ने गरेको हुदा विदेशीनेको संख्या बढ्दो रहेको छ ।

आज बाँकेका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, सन्जिबनी कलेज अफ मेडिकल साइन्सेस नेपालगन्ज, भेरी अस्पताल नेपालगन्ज, सिदार्थ हस्पिटल, केयर सिटी हस्पिटल, वेस्टर्न हस्पिटल लगायतका अस्पतालमा नर्सिङ दिवस नर्सिङहरुले  धुमधामका साथ मनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *