नेकपा एकीकृत समाजवादी रूपन्देही–३ को प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

लुम्बिनी प्रदेश बिशेष

रूपन्देही — नेकपा एकीकृत समाजवादीको रुपन्देही क्षेत्र नं. ३ को प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा २५ सदस्यीय निर्वाचन क्षेत्रीय कमिटी गठन गरेको छ।

नव–निर्वाचित समितिको अध्यक्षमा मनोज रिजाल, उपाध्यक्षमा विजय यादव, सचिवमा गंगाधर बस्याल, उप–सचिवमा प्रेम बहादुर बिक र शान्ति कुमारी चौधरी चयन भएका छन्।

कार्यक्रममा पार्टीका विभिन्न नेताहरूले संगठन सुदृढीकरण, समाजवादी आन्दोलनलाई जनस्तरसम्म पुर्याउने र जनताको पक्षमा निरन्तर काम गर्ने संकल्प व्यक्त गरेका थिए। अधिवेशनले नयाँ नेतृत्वलाई जिम्मेवारीसहित आगामी दिनमा क्षेत्र नं. ३ लाई उदाहरणीय बनाउन सक्ने विश्वास व्यक्त गरेको छ।

नव निर्वाचित सम्पूर्ण कमिटीलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *