संगै खाजा खाने क्रममा विवाद हुदा कैलालीमा एक युवकको बीभत्स हत्या

धनगढी – कैलालीको घोडाघोडी नगरपालिका ८ जरैमा शुक्रबार राति संगै खाजा खाने क्रममा आपसी विवाद हुदा २८ वर्षीय केशर बहादुर बुढाको बीभत्स तरिकाले हत्या गरेका छन् । उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले सोही वडाका १८ वर्षका बल बहादुर बि.क. र  १९ वर्षका गङ्गा बुढा क्षेत्री रहेको प्रहरीले जनाएको छ ।युवकलाई हत्या गरिसके पछि मृतकको […]

Continue Reading

एच.आइ.भी. संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै राेकिएन

नेपालगन्ज – एच.आइ.भी. संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने भेदभाव अन्त्य हुन नसकेकाे भन्दै  सराेकारवाला निकायका अगुवाले चिन्ता प्रकट गरेका छन्  । लामाे समयदेखि त्यसक्षेत्रमा काम गर्दा पनि एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने विभेद नराेकिनु चिन्ताकाे बिषय भएको उहाँहरुको भनाइ छ । रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले बिहीबार नेपालगन्जमा आयोजना गरेकाे कार्यक्रम बाेल्दै सहभागीले  सरकारी […]

Continue Reading

हरित अभियन्ता काफ्ले लुम्बिनी प्रदेशको वातावरण विज्ञमा नियुक्त

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारले वातावरण तथा दिगो विकास क्षेत्रलाई प्राथमिकतामा राख्दै वातावरण विज्ञको रूपमा हरित अभियन्ता हेमन्त राज काफ्लेलाई नियुक्त गरेको छ। विज्ञ काफ्ले वातावरण संरक्षण, जलवायु परिवर्तन तथा हरित विकासका क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आइरहनु भएको छ । काफ्लेले विगत दुई दशकभन्दा बढी समयदेखि वातावरणीय अध्ययन, नीति निर्माण, र जनचेतना अभिवृद्धिमा योगदान […]

Continue Reading

वैद्यको स्वास्थ्य सुधारोन्मुख, वार्डमा सारियो

काठमाण्डौं : क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा केही सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालको आईसीयुबाट वैद्यलाई वार्डमा सारिएको परिवारीक स्रोतले  जानकारी दिएको छ । उहाँको बेला बेलामा अक्सिजन लेभल तलमाथि हुने गरेकोले उहाँलाई आईसीयुमा राखिएको थियोे । उपचारमा संलग्न चिकित्सकका अनुसार महासचिव वैद्यलाई छातीमा संक्रमण र दमको समस्या रहेको छ । […]

Continue Reading

बाँकेको  बैजापुर ३ मा मेडिकल कलेज कोहलपुरको स्वास्थ्य शिविर १३८ जनाले लिए सेवा

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चिकित्सक सहितको प्राविधिक सहयोग , राप्ती सोनारी गाउँपालिकाको आयोजनामा आइतबार बैजापुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नाक कान घाँटी तथा दन्त रोग सम्बन्धिका बिरामीहरुलाई मध्यनजर गर्दै गरिएको शिविरमा नाक कान घाँटी सम्बन्धिका  ८७ जना बिरामीहरु र दन्त रोग सम्बन्धि ५१ जनाले सेवा लिएको उक्त शिविर […]

Continue Reading

भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागी यसकारण रहस्यमय छ

नेपालगन्ज : गत शनिबार बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालको हाता भित्र रहेको मेडिकल स्टोरमा आगलागी भएको थियो, उक्त आगलागी यसकारण रहस्यमय हुनसक्ने स्थानीयहरुले बताएका छन् । प्रत्येक शनिबार बन्द रहने मेडिकल स्टोर उक्त दिन के कति कारणले खोलिएको हो यसको जवाफ अहिलेसम्म बाहिर आएको छैन । यदि काम विशेषले खोलिएको हो भने सोही दिन आगलागी […]

Continue Reading

मरणोपरान्त श्रीमतीको शब नेपालगन्ज मेडिकल कलेजलाई हस्तान्तरण

कोहलपुर : मानिसले पुण्य कमाउन मठ मन्दिर धाउछन् तीर्थ यात्रा गर्छन् तर बाँकेको कोहलपुरमा एक परिवारले आफ्नो श्रीमतीको मृत्यु भएपछि नीजको शब चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थीहरुका लागि अध्ययनमा सहजता ल्याउनका लागि शव  नेपालगन्ज मेडिकल कलेजलाई हस्तान्तरण गरेका छन् ।बाँकेको कोहलपुर नगरपालिका वडा नं १२ निवासी अ‍ोम प्रकाश सापकोटा केसीको धर्मपत्नी सावित्री सापकोटा केसीको शब आज नेपालगन्ज […]

Continue Reading

रहेनन् नेकपा एकीकृत समाजवादीका प‍ोलिटब्युरो सदस्य नेता कोइराला

कोहलपुर : नेपाल कम्युनिस्ट पार्टी  एकीकृत समाजवादीका पाेलिटव्युराे सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह संयोजक  काेहलपुर बाँके निवासी नेता अशाेक काेइरालाको हृदयाघातका कारणले  निधन भएको छ । कोइराला केही दिन देखि  ब्रेेेनह्हम्रेज भइ भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टीलेटरमा रहेर उपचारार्थ हुनुहुन्थ्यो नेता काेइरालाकाे उपचारका क्रममा आज  निधन भएको हाे । तत्कालीन अबस्थामा बाँकेमा नेकपा […]

Continue Reading

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाँकेको अध्यक्षमा  राजन शाही

नेपालगन्ज : राष्टिेय स्वास्थयकर्मी महासंघ नेपाल बाँकेको चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्ष पदमा दोस्रो कार्यकालको लागि राजन शाही सर्वसम्मत रुपले चयन भएका छन् नेपालगन्जमा रहेको होटल सि.एस.टी. मा भएको अधिबेशनबाट अध्यक्षमा राजन शाही, उपाध्यक्षमा मुस्लिम खान, बिन्दु शर्मा, सचिव पदमा मेघराज बराल, सहसचिव पदमा रन्जना घर्ती, कोषाध्यक्ष पदमा शर्मिला सुवेदी, सदस्य […]

Continue Reading

स्व. वीरेन्द्र शाही  टि२० क्रिकेट : नेशनल क्रिकेट एकेडेमी लम्की १० विकेटले विजयी

कोहलपुर :  युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा  जारी स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता  अन्तर्गत आज भएको दोस्रो खेलमा नेशनल क्रिकेट एकेडेमी लम्कीले भिक्ट्री भाईपर नेपालगन्जलाई १० विकेटले पराजित गरेको छ । प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा भएको खेलमा नेशनल क्रिकेट एकेडेमी लम्कीले उत्कृष्ट बलिङ गर्दै भिक्ट्री भाईपर नेपालगन्जलाइ  १०.४ ओभरमा ५२ रनमा अलआउट गरेको […]

Continue Reading