अर्घाखाँची – उद्योग व्यापार संघ अर्घाखाँचीको दोस्रो साधारण सभा तथा प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
शनिवार सन्धिखर्कमा सम्पन्न भएको अधिवेशनबाट तारा बहादुर सुनारको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समितिको निर्बिरोध रुपमा निर्वाचित भएको छ । जसको वरीष्ठ उपाध्यक्षमा रामहरी भुसाल, उद्योग तर्फको उपाध्यक्षमा मधुबिक्रम शाह,महासचिवमा रमेश अधिकारी,कोषाध्यक्षमा बिमला भुसाल, सचिवमा रुक्मणी पराजुली र सहकोषाध्यक्षमा दामोदर पाण्डे निर्वाचित हुनुभएको हो ।
त्यसगरि समितिको सदस्यहरुमा बलराम भुसाल,गणेश भुसाल,प्रेम सुनार, अनवर अलि,प्रेम नारायण न्यौपाने,निजामदिन अलि,मानबहादुर थापा,पम्फा भुसाल केशब सुनार र हरी जिसी रहनु भएको छ ।

उक्त अधिवेशनबाट लक्ष्मण खड्काको संयोजकत्वमा ३ सदस्यीय लेखा समितिको गठन गरेको छ । जसको सदस्यमा चिरन पराजुली र ठाकुर आचार्य रहनुभएको छ । यस्तै अधिवेशनले महेन्द्र कुमार भुसाल,जितबहादुर बिश्वकर्मा र बाबुराम आचार्यलाई सल्लाहकार सदस्य पदमा चयन गरेको समितिका अध्यक्ष तारा बहादुर सुनारले जानकारी दिनुभयो । शनिवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बामदेब घिमिरे क्षेत्रीले अधिवेशनको एक भव्य कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो ।
