ब्रिटिश स्कुल नेपालगन्जमा डा. दिल द्वारा स्वास्थ्य सचेतना

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष शिक्षा

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका  वडा १९ स्थित ब्रिटिश ईंग्लिश बोर्डिङ  स्कुलमा मा स्वास्थ्य सम्बन्धी विशेष सचेतना कक्षा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा डा. दिल बहादुर थोकार तामाङ सहभागी हुनुभएको थियो। उहाँले विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली, व्यक्तिगत सरसफाइ, सन्तुलित आहार, नियमित व्यायाम तथा रोगबाट बच्ने उपायबारे महत्वपूर्ण जानकारी दिनुभएको थियो ।

डा. तामाङ कान्छीमाया तामाङ्ग फाउन्डेसनका  निर्देशक हुनुहुन्छ।  उहाँ हुम्लामा स्वास्थ सिविर चलाएर फर्किने क्रममा प्रत्येक बर्षको दुई  पटक ब्रीटिस स्कुलमा आउने गर्नु भएको छ । उहाँ सामाजिक सेवामा समर्पित चिकित्सकका रूपमा नेपालमा परिचित हुनुहुन्छ। काब्रे  धुलिखेल निवासी डा. तामाङले चीनको सुजोउ मेडिकल विश्वविद्यालय बाट एमबीबीएस अध्ययन पूरा गर्नुभएको हो।

उहाँले सन् २०१७ देखि आफ्नो स्वर्गीय आमाको सम्झनामा स्थापना गरिएको फाउन्डेशनमार्फत नेपाल ६५ भन्दा बढी जिला र नेपालका अतो  दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर छात्रवृत्ति, स्वास्थ्य सचेतना अभियान तथा सामाजिक सेवाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ। उहाँलाई स्वास्थ्य तथा सामाजिक सेवामा योगदानका लागि सम्मानित पनि गरिएको छ। एसिया अवार्ड र थुपै पुरस्कार पनि पाउनु भएको छ । बिधालय बिद्यार्थी सचेतना  कार्यक्रममा उहाँले विद्यार्थीहरूलाई स्वास्थ्य शिक्षासँगै समाजसेवाको महत्वबारे प्रेरणादायी सन्देश दिनुभयो। “स्वास्थ्य नै जीवनको आधार हो र समाजसेवा नै मानवताको साँचो परिचय हो” भन्दै उहाँले विद्यार्थीहरूलाई अनुशासित, स्वस्थ र समाजप्रति उत्तरदायी नागरिक बन्न प्रेरित गर्नुभयो। बिधालयमा उहाँलाई पन्च कन्याले फुलको गुच्छा र बिधालयका अध्यक्ष निरज शाहले खादा ओडाएर स्वागत गर्नु भएको थियो।

विद्यालय परिवारले डा. दिल बहादुर थोकार तामाङको महत्वपूर्ण उपस्थितिका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै उहाँको प्रेरणादायी सन्देशले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा थपिएको बिधालयका प्रधानाध्यापक हेमन्त राज काफलेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *