नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका अस्पताल निर्देशक डा- मोहिउद्दिन किदुवाई सम्मानित हुनु भएको छ ।
लुम्बिनी प्रदेश स्थापनाका दिन दाङको लमही स्थित प्रदेश राजधानीमा भएको कार्यक्रममा मुख्यमन्त्री प्रज्वलदिप द्वितीय पदकबाट सम्मानित गरिएको हो । डा- किदुवाई लामो समयसम्म सरकारी सेवामा पनि काम गरि हाल नेपालगन्ज मेडिकल कलेजमा कार्यरत रहनु भएको छ । लगभग तीन दशक भन्दा लामो समयसम्म चिकित्सक सेवामा सेवा दिइरहनु भएको डा- किदुवाई जनताहरुबिच लोकप्रिय हुनुहुन्छ ।
