आफुलाई पढाएको गुरुआमाको हातबाट उद्घाटन गरे नेपालगन्जमा क्याफे डोके रेष्टुरेन्ट

अर्थ / बाणिज्य नेपालगंज बिशेष स्थानीय तह


नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ मा सञ्चालनमा ल्याइएको क्याफे डोके रेष्टुरेन्ट आफुलाई नर्सरी देखि १० कक्षासम्म पढाउनु भएको गुरुआमाको हातबाट रिवन काटेर आइतबार उद्घाटन गरिएको छ ।

नेपालगन्ज १८ निवासी युवा व्यवसायी अनुशेष ढुङ्गानाले नेपालगन्ज जस्तो गर्मी ठाउँमा फरक किसिमले जङ्गली क्याफेको अनुभुती आउने गरी आफ्ना ग्राहकलाई सन्तुष्टि दिने बताए । विदेश जाने हुटहुटीलाई थाती राखेर स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच राखेर डोके बजारको नजिकै क्याफे डोके रेष्टुरेन्ट सञ्चालनमा ल्याएको उनले बताए ।

नागरिक पथ सम्पादकले अन्य क्याफेमा भन्दा भिन्नता के पाइन्छ भन्ने प्रश्नको जवाफमा ढुङ्गानाले भने हामीले नेपालगन्जको अत्यधिक गर्मीलाई मध्यनजर गरेर क्याफे सञ्चालनमा ल्याएका छौं । कुनै पनि ग्राहक क्याफेमा प्रवेश गरेपछि गर्मीको अनुभव गर्न नपरोस् यहाँ खरले छाएको र त्यहाँबाट पानीको फोहरा निस्कने गर्छ जसले गर्दा चिसो हुन्छ अझै मर्मत सम्भार भइरहेको छ पुर्ण फेसमा आउनको लागि केही समय लाग्ने उनले बताए ।


उक्त क्याफे डोके रेष्टुरेन्टको उद्घाटन ढुङ्गानालाई पढाउनु भएको गुरुआमा हेमा भुजेलले रिबन काटेर गरेकी थिइन उनी सहित उनको विद्यालय मनकामना बोडिङ्ग स्कुलबाट बसनै लिएर सयौंको संख्यामा शिक्षक तथा विद्यार्थीहरु उपस्थित भएका थिए ।

उक्त क्याफेमा एकथोपा पनि पानी नहालेको मट्का  चिया, बासको प्लेटमा मःम, कफी, लगायतका हाइजेनिक नास्ता उपलब्ध हुने उनले बताए । उक्त उद्घाटन समारोहमा सयौंको संख्यामा शुभेच्छुकहरु उपस्थित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *