किन शल्यक्रिया अघि एनेस्थेसियोलोजिस्ट डाक्टरलाई भेट्नुपर्छ ?

डा. महेश शर्माआधुनिक चिकित्सा विज्ञानमा शल्यक्रिया (Operation) कुनै पनि रोगको उपचारको महत्वपूर्ण विधि मानिन्छ । तर शल्यक्रियाको सफलता मात्रै नभई बिरामीको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अप्रेशन (शल्यक्रिया) को नाम सुन्ने बित्तिकै धेरै बिरामी र तिनका आफन्तहरू तनावमा पर्छन । अधिकांश मानिसहरूको ध्यान शल्यक्रिया गर्ने सर्जन (शल्य चिकित्सक) मा मात्र केन्द्रित हुन्छ । तर […]

Continue Reading

भौतिक पुर्वाधार मन्त्री खत्रीको उपस्थितिमा जयन्दु बाल सुधार गृहमा बृक्षारोपण

नेपालगञ्ज- बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बाल सुधार गृहको परिसरमा आज हरियालीसँगै सकारात्मक सोच र वातावरण संरक्षणको सन्देश दिने र साउन महिनालाई विशेष हरित महिनाको रुपमा मनाउने हेतुले बास नेपाल वातावरण विभागको आयोजनामा सम्पन्न वृहत् वृक्षारोपण तथा केराका बिरुवा रोपण कार्यक्रममा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा रोप्दै हरित वातावरण निर्माणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरिएको […]

Continue Reading

नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

धारा नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली बुधबार मलेसिया प्रस्थान गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै पुत्राेजयामा हुने वर्ल्ड एथलेटिक्सकाे लेबल रेस मान्यताप्राप्त  स्काेर म्याराथनमा भाग लिन नेपालगन्जकाे टाेली त्यसतर्फ प्रस्थान गरेको हाे । टाेलीमा गगन थापा, सुरज विक्रम आले र निर्मल लम्साल रहेका छन् । मलेसियाको सर्वाधिक ठूलो मानिने स्काेर म्याराथनमा निर्मलले ४२.१९५ किलोमिटरमा […]

Continue Reading

कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सुरु, २ हजार ४ सय  बिरुवा रोपिने

कोहलपुर-  वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामुदायिक वनको दिगो व्यवस्थापन गर्ने उद्देश्यले कोहलपुर नगरपालिका–९ स्थित श्री उषा हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा आजको वृहत् वृक्षारोपण कार्यक्रम सुरु गरिएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको आर्थिक सहयोग, क्लिन अप नेपालको समन्वय तथा 8 Billion Trees Nepal का नेपाल निर्देशक हेमन्तराज काफ्लेको व्यवस्थापनमा आयोजित कार्यक्रममा महुवा, अर्जुन,  हर्रो, […]

Continue Reading

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

नेपालगन्ज : एम्स वन ग्लोबल माइल अन्तर्गत शनिवार भएको कोहलपुर माइल(१.६किमी)दौडमा समिर बस्नेत र चेतना बस्नेत च्याम्पियन बनेका छन् । उदाउँदो सहर कोहलपरमा भएको पहिलो अन्तर्राष्ट्रिय संस्थासँग आवद्धता प्राप्त प्रतियोगिता कोहलपुर माइलमा स्कुल स्तरीय छात्रतर्फ समिर पहिलो हुँदा सुगम चौधरी दोस्रो, करण सिकर्मी तेस्रो र सन्देश बुढाथोकी चौथो भए । स्कुल स्तरीय छात्रातर्फ चेतना अग्रस्थानमा […]

Continue Reading

२५ वर्षदेखि साइकलमा घुमेर रिपोर्टिङ गर्दै  पत्रकार दिनेश ठाकुर

नेपालगन्ज : बुबा तिरथ राम ठाकुर र आमा कैलाशा देवी ठाकुरको कोखबाट २०४६ साल साउन ७ गते जन्म लिएका पत्रकार दिनेश ठाकुर विगत २५ वर्षदेखि साइकलमा चढेर ठाउँ ठाउँमा पुगेर रिपोर्टिङ गरिरहेका छन् । ठाकुर बाँके जिल्ला विशेषगरी नेपालगञ्जलाई कार्यक्षेत्र बनाएर सक्रिय रहेका एक परिचित युवा पत्रकार तथा सामाजिक अभियन्ता समेत  हुन् । उनी लामो […]

Continue Reading

मेरो भूमि बचाउन म पिल्लर बनेर उभिने छु

मेरो भूमि बचाउन म पिल्लर बनेर उभिने छु,आँधी आए पनि, हुरी चले पनि नझुक्ने छु।यो माटो मेरो अस्तित्व हो, मेरो पहिचान हो,यसको रक्षा गर्न अन्तिम साससम्म लड्ने छु।। यो भूमि केवल जमिनको टुक्रा होइन,यो त पुर्खाको पसिना र बलिदानको चिनो हो।यहाँ हाम्रा सपना उम्रिएका छन्,यहाँ हाम्रा इतिहास र भविष्य गाँसिएका छन्।। जब कसैले यो माटोमाथि […]

Continue Reading

बाँकेको जि.भि.एन. मा.वि. नेपालगन्जले कक्षा १२ मा ९७.७६ प्रतिशत नतिजा दिन सफल

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि. ले  राष्ट्रिय परीक्षा बोर्डबाट लिइएको कक्षा १२ को नतिजामा यस क्षेत्रमै उत्कृष्ट रिजल्ट दिएको छ । ९७.७६ प्रतिशत नतिजा दिएर पुनः शिक्षा क्षेत्रमा आफ्नो पहिचान यथावत राख्न सफल भएको भन्दै कलेजका कार्यकारी प्रमुख गणेश भण्डारीले शिक्षक, अभिभावक, विद्यार्थी सबैलाई धन्यवाद […]

Continue Reading

स्वास्थ्यमन्त्री सारुद्वारा साइनिङ अस्पतालको अवलोकन, कुष्ठरोग सेवाको प्रभावकारिता बढाउन जोड

नेपालगञ्ज:  लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बाँकेको साइनिङ अस्पताल आईएनएफ नेपालको अवलोकन भ्रमण गर्दै अस्पतालबाट कुष्ठरोग प्रभावित बिरामीहरूलाई प्रदान गरिँदै आएका स्वास्थ्य सेवाको अवस्था, उपलब्ध सुविधा तथा चुनौतीबारे जानकारी लिनुभएको छ। अवलोकनका क्रममा मन्त्री सारुले अस्पतालका विभिन्न विभागको निरीक्षण गर्नुका साथै बिरामी तथा स्वास्थ्यकर्मीहरूसँग प्रत्यक्ष संवाद गर्नुभएको थियो। उहाँले नागरिकलाई गुणस्तरीय, सहज र प्रभावकारी […]

Continue Reading

प्रदेश सभा सदस्य काफ्लेको पहलमा बाँकेको जानकी तीनका  युवायुवतीलाई  ड्राइभिङ तालिम सुचारु

नेपालगन्ज : “सीप सिकौं स्वरोजगार बनौं” भन्ने मुल नाराका साथ बाँकेको जानकी गाउँपालिका वडा नं ३ का लक्ष्यित वर्गका युवा युवतीलाई १ महिने ड्राइभिङ तालिम सिकाउन  बुधबार उद्घाटन भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य माननीय अम्बिका काफ्लेको क्षेत्र  विकास कोष अर्थिक वर्ष २०८२/०८३ को कार्यक्रमबाट सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजनामा नेपालगन्जमा रहेको शुभ […]

Continue Reading