नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको चिकित्सक सहितको प्राविधिक सहयोग , राप्ती सोनारी गाउँपालिकाको आयोजनामा आइतबार बैजापुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नाक कान घाँटी तथा दन्त रोग सम्बन्धिका बिरामीहरुलाई मध्यनजर गर्दै गरिएको शिविरमा नाक कान घाँटी सम्बन्धिका ८७ जना बिरामीहरु र दन्त रोग सम्बन्धि ५१ जनाले सेवा लिएको उक्त शिविर व्यवस्थापन गर्नुभएको यम बहादुर खड्काले बताउनुभयो ।
शिक्षण अस्पताल कोहलपुरमा कार्यरत नाक कान घाँटी रोग सम्बन्धि डा. सुधिर सिंह , अमन जयसवाल र दन्त रोग सम्बन्धि डा. रुचि कर्मचार्य, र दन्त सहायक शारदा बुढाले बिरामीहरुको स्वास्थ्य जाँच गर्नुभएको हो ।

राप्ती सोनारी गाउँपालिकाको वडा नं ३ को कार्यालयमा र स्वास्थ्य कार्यालयमा सञ्चालन गरिएको शिविरका बिरामीहरुले सोही पर्चामा कोहलपुर मेडिकल कलेजमा आएपछि २५ प्रतिशतसम्म छुटमा सम्पूर्ण सेवा लिन सक्नेछन् ।
बैजापुर स्वास्थ्य संस्थाका प्रमुख हिरामनी चौधरीले यस्तो किसिमको चिकित्सकीय सहितको सेवा स्थानीय जनतालाई दिन पाएकोमा खुसी व्यक्त गर्नुभयो । कोहलपुर मेडिकल कलेजले राप्ती सोनारीका प्रत्येक ९ वटा वडामा अलगअलग दिन बैशाख २५ गतेदेखि सुरु गरेको शिविर आज सकिएको छ । प्रत्येक ९ वटा वडामा १५ सय बढी जनताले स्वास्थ्य सेवा लिएको राप्ती सोनारी गाउँपालिका स्वास्थ्य प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।
उक्त पालिका प्रमुख तप्त पौडेलले आगामी दिनहरुमा पनि निशुल्क स्वास्थ्य शिविरलाई प्राथमिकतामा राखिने बताउदै जनताको स्वास्थ्य सबैभन्दा ठूलो भएको हुदा मेडिकल कलेज कोहलपुरसित सम्झौता गरि प्रत्येक वडामा शिविर सञ्चालन गरिएको बताउनुभयो ।


