गुल्मीको मदाने ६ का वडा अध्यक्ष थापाले गरे आफ्नो जन्मदिनमा विद्यालयलाई १ लाख बढी सहयोग

लुम्बिनी प्रदेश बिशेष शिक्षा

गुल्मी :  गुल्मीको मदाने गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष मनिराम थापाले आफ्नो जन्मदिनको अबसरमा आर्थिक सहयोग गर्नुभएको छ ।
थापाले उक्त विद्यालयमा रहेको  सामुहिक कोषमा श्री वृद्धि तथा पितृआत्मसम्मान कोष अन्तर्गत रु १०११११/ एकलाख एकहजार एकसय एघार रुपैयाँ सहयोग गरेको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद घिमिरेले बताउनुभयो ।

विद्यालयमा भएको २०८१ को पुरस्कार वितरण कार्यक्रममा उक्त कार्यक्रम मदाने गाउँपालिका  उपाध्यक्ष सरिता खड्काको प्रमुख आतिथ्यता तथा  शिक्षा समन्वय इकाइ गुल्मीका सदस्य शेर बहादुर कुवर,वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम सेन , वडा नं  ७ का वडा अध्यक्ष  सन्तोष केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल थापा लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियोे ।
उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले  पुरस्कार सौजन्य गरेको प्रधानाध्यापक घिमिरेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *