जनताको मन जित्दै बिष्ट

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज – बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट सामाजिक रुपान्तरणलाई आफ्नो राजनीतिक यात्राको केन्द्रमा राख्दै जनताको बीचमा निरन्तर सक्रिय देखिनुभएको छ। टोल–टोलमा पुगेर जनताको समस्या सुन्नेदेखि सीमान्तकृत समुदायसँग संवादसम्म, बिष्टको अभियान नारा होइन, व्यवहारमा आधारित राजनीतिको उदाहरण बनेको छ। उनी घर घरमा पुगेर जनताको मन जितिरहेका छन् ।

नेपालगन्जका विभिन्न वडामा गरिएको भेटघाटमा स्थानीयले उठाएका बाटो, बत्ती र खानेपानीजस्ता आधारभूत समस्यालाई बिष्टले प्राथमिकताका साथ सुन्नुभयो। उहाँले यी समस्या समाधानका लागि स्थानीय सरकारसँग समन्वय, बजेट व्यवस्थापन र दीर्घकालीन योजना आवश्यक रहेको धारणा राख्नुभयो। सामाजिक रुपान्तरण ठूला भाषणबाट होइन, दैनिकीमा सुधार ल्याउने कामबाट सुरु हुने उहाँको तर्क थियो।

व्यापारी, मजदुर, साना पेसा–व्यवसायी, जेष्ठ नागरिक, महिला, युवा र Gen-Z सम्म पुगेर बिष्टले समावेशी संवादलाई बल दिनुभएको छ। सडक पेटीमा बसेका बेसहारासँग मन साट्नु, मजदुरका पीडा सुन्नु र जेष्ठ नागरिकका अनुभव समेट्नु उहाँको सामाजिक संवेदनशीलताको झल्को हो।

बिष्टले सामाजिक रुपान्तरणका लागि रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र खेलकुदमा लगानी अपरिहार्य रहेको बताउँदै यी क्षेत्रलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँका अनुसार समान अवसर र न्यायपूर्ण पहुँच बिना समाज परिवर्तन सम्भव छैन।

स्थानीयवासीहरू बिष्टलाई सुन्ने, बुझ्ने र समाधान खोज्ने युवा नेताका रूपमा हेर्न थालेका छन्। यही कारण उहाँको अभियान चुनावी प्रचारभन्दा अघि बढेर समाज परिवर्तनको साझा प्रयासका रूपमा विकसित हुँदै गएको देखिन्छ।

बाँके क्षेत्र नं. २ मा देखिएको यो सक्रियता दिपेन्द्र बिष्टलाई सामाजिक रुपान्तरणको अग्रपंक्तिमा उभिएको नेतृत्वका रूपमा स्थापित गर्ने संकेत मानिएको छ। विष्ट जेनजी आन्दोलनमा पनि सडकमै रहेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *