बर्दिया : बढैयाताल गाउँपालिका का नेकपा माओवादी केन्द्रबाट प्रमुम पदका उम्मेदवार हिमालय त्रिपाठीको नेतृत्वमा उप प्रमुख कमला गुरुङको टीम जीतको नजिक रहेका छन् ।

बढैयातालका वृद्ध-वृद्धा, महिला, युवा, बुद्धिजीवी र सामाजिक ब्याक्तित्वहरुको समेतको उपस्थितिमा अध्यक्षका लागि उम्मेदवारी दिएका हिमालय त्रिपाठीको घरदैलो अभियानमा सहभागीता जनाएका थिए ।

पहिले देखि नै सामाजिक कार्यमा सक्रिय त्रिपाठीलाई बढैयाताल वडा नम्बर १,२,५,७,४ लगायतका स्थानीयहरुको सहभागीता रहेको घरदैलो अभियानमा विभिन्न राजनैतिक पार्टीका अग्रजहरु हिमालय त्रिपाठीको घरदैलोको समर्थनमा टोलटोलमा निस्किएका थिए ।
आपत विपतको बेलामा घरघरमा पुग्नु उनको दैनिकी जस्तै छ साथै कोभिड महामारीको समयमा रातदिन खटिएका त्रिपाठीलाई स्थानीयको साथ र समर्थन प्राप्त गरेका त्रिपाठीको प्रचारको लागि एक ढिक्का भएर स्थानीय लागि परेको अध्यक्ष उम्मेदवार हिमालय त्रिपाठीले बताए ।
निस्वार्थ भावनाले काम गर्ने, भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने उद्घोषका साथ मैदान होमिएका त्रिपाठीको टीम बढैयातालको उच्च चर्चा तथा जनलहर हेर्ने हो र मतदानको बिगतको भोटिङ लय हेर्ने हो भने यसपालि हिमालय त्रिपाठीको टीमले प्रचण्ड बहुमतले चुनाव जित्ने आकलन सुरु भैसकेको छ ।
