नेपालगन्ज : लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा बिरमी चन्द्र फाउन्डेसनको आयोजनामा नेपालगन्जमा १० दिने सञ्चारकर्मी क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ ।
उक्त संस्थाको संरक्षक तथा लुम्बिनी प्रदेश सांसद कृष्णा के.सी. नमुनाको प्रमुख आतिथ्यमा प्रशिक्षार्थी तथा प्रशिक्षकहरुलाई प्रमाणपत्र दिएर कार्यक्रम समापन गरिएको हो ।
४० जना सञ्चारकर्मी सहभागी रहेको उक्त तालिममा मुख्य प्रशिक्षकको रुपमा बरिस्ठ पत्रकार हेमन्त कर्मचार्य, बरिस्ठ पत्रकार, डिल्ली बिसी., विजय वर्मा, गोविन्द प्रसाद पाण्डे, कुल बहादुर भण्डारी, सिराज खान, शंकर खनाल, रुद्र सुवेदी, डक्ट प्रसाद धिताल, आलाम खान लगायतले प्रशिक्षण दिएको बिरमी चन्द्र फाउन्डेसन नेपालका अध्यक्ष डा. डक्ट प्रसाद धितालले बताउनुभयो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद नमुनाले पित पत्रकारिता कही कतै गरिरहेको पाइएकोले त्यस्तो पत्रकारिता नगरी खोजमुलक, निष्पक्ष रुपमा गर्न पत्रकारहरूलाई अनुरोध गर्नु भएको छ ।
बिरमी चन्द्र फाउन्डेसनका सचिव तिलक परियारले सञ्चालन गरेकोे कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष, फोनिजका लुम्बिनी प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ, बिरमी चन्द्र फाउन्डेसनका उपाध्यक्ष आलाम खान, जिल्ला हुलाक कार्यालयका प्रमुख गोविन्द प्रसाद पाण्डे, मुख्य प्रशिक्षक हेमन्त कर्माचार्य, प्रमुख अतिथि कृष्णा के.सी. नमुना लगायतले मन्तव्य राख्नु भएको हो ।

