वैद्यको स्वास्थ्य सुधारोन्मुख, वार्डमा सारियो

मुख्य खबर स्वास्थ्य/ खेलकुद

काठमाण्डौं : क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा केही सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालको आईसीयुबाट वैद्यलाई वार्डमा सारिएको परिवारीक स्रोतले  जानकारी दिएको छ ।

उहाँको बेला बेलामा अक्सिजन लेभल तलमाथि हुने गरेकोले उहाँलाई आईसीयुमा राखिएको थियोे । उपचारमा संलग्न चिकित्सकका अनुसार महासचिव वैद्यलाई छातीमा संक्रमण र दमको समस्या रहेको छ । उहाँ दुई सातादेखि आईसीयु कक्षमा रहेर उपचाररत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *