नेपालगन्ज : शनिबार बिहानैदेखि वाणिज्य कार्यालय, पशु कार्यालय, खाद्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी लगायतको संयुक्त टोलीले नेपालगन्जका मासु पसलमा अनुगमन गरेको छ ।
नेपालगन्ज १५ जमुनामा रहेको मो. सरिफ फ्रेस हाउसलाई अखाद्य मासु बिक्रीवितरण गरेको, सडेको मासु बेचेको पाइएपछि रु २० हजार जरिवाना तिराइएको वाणिज्य कार्यालय नेपालगन्जका अनुगमन टोलीका हरि बहादुर खत्रीले बताउनुभयो ।
उक्ति मासु पसले लाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को घ बमोजिम कसुर गरिएको देखिएको हुदा जरिवाना गरिएको खत्रीले बताउनुभयो । त्यसैगरी आलाम मिट पसलले लाई अब उप्रान्त सचेत गराइएको खत्रीले बताउनुभयो ।