२०७४ सालको बिरासत जोगाउने दाउमा पूर्वमन्त्री इस्तियाक राई

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा बाँके क्षेत्र नं २ का उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राई २०७४ सालको आफ्नो जीत जस्तै अहिले  दोहोर्याउने दाउमा रहेका छन् ।

नेकपा एमालेको चुनाव चिन्ह सुर्य लिएर चुनावमा होमिएका राईले यसपटक जनताको मन जित्न सक्छन् कि नाइँ हेर्न बाकी छ , उनी बाँके जिल्लामा विकासवादी नेताका रुपमा जनताले चिन्ने गरेका छन् । उनी २०७९ सालको चुनावमा भने डा. धबल शमशेर राणासित पराजित भएका थिए ।

राईले बाँके जिल्लामा शहरी विकास मन्त्री भएको बेलामा राम्रो काम गरेको  र उहाँले जनताको मन जित्न सफल रहेको स्थानीयले बताउँछन् । अहिले उनले आफ्नो विरासत जोगाउन भने त्यति सहज भने नभएको पनि चर्चा चलेको छ । उनका प्रतिस्पर्धी कांग्रेसका शुधांन्सु कोइराला, रास्वपाका विवेक कुमार श्रेष्ठ, नेकपाका दिपेन्द्र बिष्ट, राप्रपाका ऋषिराज देवकोटा, जसपा नेपालका कमरुद्दिन राई लगायतका नेताहरूलाई हराउनु पर्ने हुन्छ ।
बजारमा उनलाई आफनै पार्टीबाट उठेको भए जित निश्चित हुनेथियो भन्ने पनि भेटिन्छन् भने कोही एमालेसितको गठवन्धनमा जित निश्चित भएको बताए । अर्कोतिर अन्य प्रतिस्पर्धी उम्मेदवार पनि चानचुने नभएको भन्दै जित यसैको हुन्छ भनेर भन्न नसकिने भनेर पनि भन्ने गरिएको पाइएको छ ।

इस्तियाक राई त्यस निर्वाचन क्षेत्रबाट २०६४, २०७४ मा निर्वाचित भएका थिए। २०७० को दोस्रो संविधान सभा र २०७९ को प्रतिनिधि सभामा भने पराजित भएका थिए। उनी तीन पटक मन्त्री बनिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *