जिफन्ट आवद्ध रिक्सा युनियनको आयोजनामा कोहलपुर ५ मा  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

स्थानीय तह स्वास्थ्य/ खेलकुद


नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध रिक्सा युनियनको आयोजनामा बाँकेको क‍‍ोहलपुरमा आँखाको  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।


कोहलपुर नगरपालिका वडा नं ५ एन-टी-भी- रोड नजिकै रिक्सा अटो युनियनको कार्यालयमा भएको स्वास्थ्य चेकजाँचमा १०९ जनाले स्वास्थ्य जाँच गराएका छन् । उक्त शिविरमा सुगर, ब्लड प्रेसर , अाखाको जाँच गरिनुका साथै नि:शुल्क औषधि समेत वितरण गरिएको थियो ।


नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोग, लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको सहकार्य, हरपल होलस्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टरको मेडिसिन लगायत प्राविधिक सहयोग गरेको थियोे ।


नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत
डा- परमाङ्गना थेबे, अप्थालमिक सहायक जितेन्द्र कुमार वर्मा, नर्सिङ अधिकृत सुमन गिरी, सिनियर स्टाफ नर्स एङ्गिरा रेग्मी घिमिरे , सुनिता तिवारी, पत्रकार केपी घिमिरेले उक्त शिविरमा सहयोगी भूमिका निर्वाह गरेको जिफन्ट बाँके इन्चार्ज सुमन गिरी श्रेष्ठले बताउनुभयो ।

रिक्सा युनियनका  अध्यक्ष विनोद मल्लको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा जिफन्ट नेताहरु टि-एन- रावत, पुर्ण बहादुर केसी, नेकपा एमाले निकट  स्वास्थ्य विभाग  बाँके इन्चार्ज कुश्माखर बश्याल, जिफन्ट कोहलपुर नगर कमिटी अध्यक्ष ,टेक बहादुर सिंजाली, स्थानीय जनप्रतिनिधि सिता नेपाली लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *