जुलुस सहित टंक धामी नेतृत्वको समावेशी प्यानलको उम्मेदवारहरुको मनोनयन दर्ता

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी  भदौ २ गते हुन लागेको  निर्वाचनका लागि समावेशी उद्योगी व्यवसायीहरुको तर्फबाट अध्यक्ष पदमा टंक बहादुर धामीको नेतृत्वमा आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता भएको हो ।

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समावेशी  समुहको तर्फबाट टंक बहादुर धामीको  अध्यक्षतामा २१ सदस्यीय प्यानलका सबै उम्मेदवारहरुको न्युरोडको सचिवालय देखि नारा जुलुस सहित उद्योग वाणिज्य संघमा गएर मनोनयन दर्ता गरिएको हो । 

सयौंको संख्यामा उपस्थित उद्योगी  व्यावसायीहरुका बीच गरिएको मनोनयन दर्तामा उक्त प्यानलमा उपाध्यक्ष पदमा  चिरञ्जीवी वली (उद्योग ), हरिलाल न्यौपाने  (वाणिज्य ) र मन्दिरा पाण्डे  (महिला) उपाध्यक्षका उम्मेदवारका रुपमा घोषणा गरिएको छ त्यसैगरी संघको महासचिवका लागि भीम बहादुर रानाभाट,  उप-महासचिव पदका लागि मदनराज शर्मा र कोषाध्यक्ष पदमा सलाउद्दिन जसगढको मनोनयन गरिएको हो  ।

त्यसैगरी संघको सदस्यहरु क्रमश इन्दिरा कुमारी शाही, तोप बहादुर थापा, बिष्णु श्रेष्ठ, बुद्धि बहादुर दियाली, सुदन के.सी., शिवराज वर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टीकामणि उपाध्याय, डम्बर चन्दको पनि मनोनयन गरिएको हो  ।

यसैगरी एशोसियट सदस्यमा कमल कार्की, राजीव तलङ्गा, बस्तुगत तर्फ फणाधर भण्डारी, रंगबहादुर खड्कालाई उक्त  समुहले मैदानमा उतारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *