दाउरा काट्न जङ्गल पुगेका नरसिंहले आफ्नो हात गुमाए

लुम्बिनी प्रदेश बिशेष

रुकुम : रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं १३ का नरसिंह कामी जङ्गलमा दाउरा काट्न गएका हात गुमाएर फर्किए ।

मंगलबार दिउँसो १ बजेको समयमा बिरपुङ लेखमा दाउरा काट्न गएका कामीको खर्सुङको रुख ढलेर हात च्यापेको थियो । उनको हात कुइना भन्दा तलको रुखले च्यापेर हात चुडिएको स्थानीय जुद्द छन्त्यालले बताए ।

हाल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अप्रेसन गरेर उनको रगत बग्न बाट बचाउन सफल भएको अस्पताल स्रोतले बताएको छ । उनको रुकुम पुर्वबाटै चुडिएको हात संगै लिएर आएको भएपनि ढिलो भएको कारण जोड्न नसकिने भएको हुदा चुडिएको हात प्रहरीको रोहबरमा गाडिएको अस्पतालले बताएको छ ।
हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *