नम्बर नभएका अटो रिक्सा नेपालगन्ज सहरमा गुडिरहेका छन् स्थानीय सरकार र प्रहरी मुकदर्शक 

नेपालगन्ज :  नेपालगन्ज सहरमा पछिल्लो समयमा अटो रिक्साको संख्यामा उल्लेख्य वृद्धि भएको छ, यसले गर्दा सडकमा जथाभावी पार्किङ गर्ने, जहापायौ त्यहीँबाट अटोरिक्सा घुमाउने गर्दा दुर्घटनाका घटनाहरु पनि वृद्धि भइरहेको छ, महिनौंदेखि नम्बर प्लेट नभएका अटो रिक्सा गुडिरहदा पनि स्थानीय सरकार र प्रहरी प्रशासन मुकदर्शक भएको स्थानीयले बासिन्दा बताउँछन् । नेपालगन्ज उपमहानगरपालिकाले रिक्सा दर्ता गर्न पटकपटक […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कार्यरत डाक्टर आचार्यको “पुकुली माया” सार्वजनिक

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत डा. देवेन्द्र आचार्यले लेखेको गीत ‘पुकुली माया’को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । डा. आचार्य पेशाले चिकित्सक हुन्  उनी खेलकुद र गजल क्षेत्रमा  समेत रुचि राख्छन् उनले  बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मेडिकल अफिसरका रुपमा कार्यरत रहेका छन् साथै  उनले  भेरी अस्पतालमा समेत […]

Continue Reading

लाइफ लाइन हस्पिटल र अन्य संघसंस्थाको सहकार्यमा नेपालगन्जमा वृहत् स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ वि.पी.चोकमा अबस्थित गुरुद्वारामा वृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जस अन्तर्गत निशुल्क रगत जाँच, औसधि वितरण, रक्तदान कार्यक्रम तथा लङ्गर कार्यक्रम गरिएको छ । लाइफ लाइन हस्पिटलका प्रवन्ध निर्देशक तथा वृहत् स्वास्थ्य शिविरका संयोजक डा. प्रतीक श्रेष्ठका अनुसार उक्त कार्यक्रम हस्पिटलको आयोजनामा अन्य परिवर्तन समूह, […]

Continue Reading

विद्यार्थीको चापसंगै जे.एस. बोडिङ्ग स्कुलमा नयाँ भर्ना बन्द गरिएको छ

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा  अवस्थित जे. एस. सेकेन्डरी स्कुलमा अभिभावक तथा विद्यार्थीको अत्याधिक  रोजाइको कारणले गर्दा यस शैक्षिक सत्र २०८३ को भर्ना कार्यक्रम बन्द गरिएको विद्यालयका प्रबन्ध निर्देशक महेन्द्रबहादुर सेडाईले जानकारी दिनुभयो । विद्यालय सञ्चालनमा आएको  छोटो समयमा नै   गुणस्तरीय, प्रविधि मैत्री शिक्षण सिकाई तथा मन्टेश्वरी शैक्षिक सिकाईका कारणले गर्दा […]

Continue Reading

ब्रिटिश स्कुल नेपालगन्जमा डा. दिल द्वारा स्वास्थ्य सचेतना

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका  वडा १९ स्थित ब्रिटिश ईंग्लिश बोर्डिङ  स्कुलमा मा स्वास्थ्य सम्बन्धी विशेष सचेतना कक्षा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा डा. दिल बहादुर थोकार तामाङ सहभागी हुनुभएको थियो। उहाँले विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली, व्यक्तिगत सरसफाइ, सन्तुलित आहार, नियमित व्यायाम तथा रोगबाट बच्ने उपायबारे महत्वपूर्ण जानकारी दिनुभएको थियो । डा. तामाङ […]

Continue Reading

अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइरहँदा के नर्सहरु खुसी छन् त ?

नेपालगन्ज :  प्रत्येक वर्ष मे १२ मा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ । फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको सम्झनामा नेपालमा पनि आजैका दिन धुमधामका साथ कार्य स्थलमा विभिन्न कार्यक्रमहरु गरेर नर्सिङ कर्मचारीहरुले नर्सिङ दिवस मनाएका छन् । पछिल्लो समयमा चिकित्सक तथा नर्सिङ कर्मचारीहरुमाथि हातपात गर्ने, कार्यस्थलमै असुरक्षित भएको भनेर व्यापक रुपमा कुराहरू उठिरहेको पाइन्छ ।  अझैपनि केही […]

Continue Reading

देशकै उत्कृष्ट विद्यालयमा पर्न सफल भएको छ, नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि.

नेपालगन्ज : नेपालमै उत्कृष्ट शिक्षा दिएको भन्दै फोकस नेपालद्वारा उत्कृष्ट मा.वि. सम्मानबाट पुरस्कृत भएको बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. कलेज काठमाण्डौंमा सम्मानित भएको छ । उक्त विद्यालयमा साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, कानुन संकाय, व्यवस्थापन संकायमा अध्यापन हुने गरेको छ । विद्यालयमा रहेको प्रयोगशाला, ल्याव, विद्यालयको शान्त बाताबरण, उत्कृष्ट नतिजा र पठनपाठनमा दक्ष तथा अनुभवी शिक्षक शिक्षिका […]

Continue Reading

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

नेपालगन्ज : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा तथा सम्मानका उद्देश्यले “प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर” विषयक एक दिने विशेष कार्यक्रम बाँकेको कोहलपुरमा रहेको होटल सेन्ट्रल प्लाजामा भव्य रूपमा सम्पन्न गरेको छ। लुम्बिनी प्रदेश अन्तर्गत राप्ती/भेरी क्षेत्र तथा कर्णाली प्रदेशका अभिकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा करिब १७० भन्दा […]

Continue Reading

शिक्षण अस्पताल कोहलपुरमा अत्याधुनिक निशुल्क पार्किङ सेवा सञ्चालनमा

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबारदेखि अत्याधुनिक पार्किङ सेवा सुचारु भएको छ । लगभग १ करोड बढी लागतमा सम्पन्न भएको उक्त पार्किङमा एकसय बढी सानो सवारीसाधन, ३ सय बढी मोटरसाइकल, र ५५ बढी एम्बुलेन्स पार्किङ गर्न मिल्नेगरी निर्माण गरिएको हो । शिक्षण अस्पतालको पुर्वतर्फ बनाइएको उक्त पार्किङ निशुल्क रहेको […]

Continue Reading

शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या प्रधानमन्त्री कार्यालयमा पुर्याए बाँकेका बस्नेतले

नेपालगन्ज : जनताका कुराहरू राख्न माननीय नै हुनुपर्छ भन्ने कुरालाई ठूलै चुनौती दिदै बाँकेका समाजसेवी युवा आतंक बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा  प्रधानमन्त्रीलाई सम्बोधन गर्दै  बाँके जिल्लाको स्वास्थ्य, शिक्षा र रोजगारका तीन प्रमुख क्षेत्रहरूको विकास र प्रवर्द्धनका निम्ति निवेदन पेश गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० निवासी बस्नेत समाजसेवी तथा भ्रष्टाचार विरुद्ध आवाज […]

Continue Reading