नेपालगन्ज : जनताका कुराहरू राख्न माननीय नै हुनुपर्छ भन्ने कुरालाई ठूलै चुनौती दिदै बाँकेका समाजसेवी युवा आतंक बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बाँके जिल्लाको स्वास्थ्य, शिक्षा र रोजगारका तीन प्रमुख क्षेत्रहरूको विकास र प्रवर्द्धनका निम्ति निवेदन पेश गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं १० निवासी बस्नेत समाजसेवी तथा भ्रष्टाचार विरुद्ध आवाज उठाउदै आइरहेका व्यक्ति हुन् । उनले शिक्षा, स्वास्थ्य तथा रोजगार सम्बन्धि बाँकेको समस्या सम्बन्धित विभागीय मन्त्रीहरूलाई समेत भेटी सोको जानकारी गराएका छन् ।
उनले बाँके जिल्लाको समग्र विकासका निम्ति पेश गरिएका क्षेत्रहरू:
१. स्वास्थ्य:
भेरी अस्पताललाई ५०० बेडको Super Speciality Hospital मा स्तरोन्नति गर्ने सम्बन्धमा।
२. शिक्षा:
महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जलाई पूर्ण विश्वविद्यालयको रुपमा विकास गर्ने सम्बन्धमा।
३. रोजगार:
बाँके जिल्लाको नौबस्ता क्षेत्रमा रहेको Special Economic Zone (SEZ) को कामलाई पूर्णता दिँदै यथाशीघ्र उद्योगहरू सञ्चालन गर्ने सम्बन्धमा निवेदन पेश गरेका छन् ।

उनले स्वास्थ्य मन्त्री निशा मेहतालाई भेटेर १७ बुदे मागहरू राखेर तत्काल समाधान गर्न ध्यानाकर्षण समेत गराएका छन् ।




