नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा अवस्थित जे. एस. सेकेन्डरी स्कुलमा अभिभावक तथा विद्यार्थीको अत्याधिक रोजाइको कारणले गर्दा यस शैक्षिक सत्र २०८३ को भर्ना कार्यक्रम बन्द गरिएको विद्यालयका प्रबन्ध निर्देशक महेन्द्रबहादुर सेडाईले जानकारी दिनुभयो ।
विद्यालय सञ्चालनमा आएको छोटो समयमा नै गुणस्तरीय, प्रविधि मैत्री शिक्षण सिकाई तथा मन्टेश्वरी शैक्षिक सिकाईका कारणले गर्दा यस क्षेत्रमा राम्रो छाप छोड्न सफल भएको र आउँदा दिनहरूमा समेत अझ मेहनतका साथ स्कुलको पठनपाठन तथा अन्य गतिविधिहरुलाई नयाँ उचाइमा पुर्याउन लागि परेको विद्यालयका प्रधानाध्यापक रेवतीप्रसाद देवकोटाले नागरिक पथलाई जानकारी दिनुभयो।

नेपालगन्ज उपमहानगरपालिका वडा नं १२संगै जोडिएको जानकी ३ मा विद्यालयले आफनै भवन निर्माण गर्न लागेको प्रिन्सिपल देवकोटाले बताउनुभयो । हामीले बाँके जिल्लामै उत्कृष्ट शिक्षा दिने जमर्को गरिरहेका छौं त्यसतर्फ सञ्चालक समिति, शेयर सदस्य, विद्यालय परिवार रातदिन नभनी लागेको उहाँले बताउनुभयो । भर्खरै प्रकाशित एस ई ई नतिजामा विद्यालयले शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको देवकोटाले बताउनुभयो ।

