नेपालगन्ज : नेपालमै उत्कृष्ट शिक्षा दिएको भन्दै फोकस नेपालद्वारा उत्कृष्ट मा.वि. सम्मानबाट पुरस्कृत भएको बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. कलेज काठमाण्डौंमा सम्मानित भएको छ ।
उक्त विद्यालयमा साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, कानुन संकाय, व्यवस्थापन संकायमा अध्यापन हुने गरेको छ । विद्यालयमा रहेको प्रयोगशाला, ल्याव, विद्यालयको शान्त बाताबरण, उत्कृष्ट नतिजा र पठनपाठनमा दक्ष तथा अनुभवी शिक्षक शिक्षिका भएको हुदा सबैको रोजाइमा विद्यालय परेको विद्यालयका कार्यकारी प्रमुख गणेश भण्डारीले बताउनुभयो ।

विद्यालयमा पढाइका साथसाथै अतिरिक्त क्रियाकलाप, होटल भिजिट, स्काउट, लगायतका कार्यक्रममा पनि विद्यालयले अन्य विद्यालयको तुलनामा बढी गर्ने गरेको अध्ययनरत विद्यार्थीहरुले बताए । कक्षा ११ मा भर्ना हुनका लागि सोधपुछ गर्नका लागि विद्यालयमा विद्यार्थीहरु आउने गरिरहेको विद्यालयका संयोजक खुमलाल शर्माले बताउनुभयो ।
एस ई ई को नतिजा प्रकाशित भएपछि कक्षा ११ मा भर्नाका लागि आवेदन खुल्ला गरिने विद्यालयका प्रिन्सिपल मान बहादुर थापाले बताउनुभयो । विद्यालयमा भर्ना हुनका लागि दैनिक २०/२५ जना विद्यार्थीहरु सोधपुछका लागि आउने गरेको सिइयो भण्डारीले बताउनुभयो ।


