नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कार्यरत डाक्टर आचार्यको “पुकुली माया” सार्वजनिक

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद


नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत डा. देवेन्द्र आचार्यले लेखेको गीत ‘पुकुली माया’को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

डा. आचार्य पेशाले चिकित्सक हुन्  उनी खेलकुद र गजल क्षेत्रमा  समेत रुचि राख्छन् उनले  बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मेडिकल अफिसरका रुपमा कार्यरत रहेका छन् साथै  उनले  भेरी अस्पतालमा समेत काम गर्छन् । आचार्य गजल लेखनमा पनि त्यत्तिकै सक्रिय रहेका  छन् । यही सिलसिलामा उनले ‘पुकुली माया’ गीत लेखेका हुन् ।

उक्त गीतमा अहिलेका चर्चित युवा संगीतकार राजेन्द्र बजगाईंले संगीत दिएका छन् । महेन्द्रराज बराल र रचना रिमालले गीत गाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *