लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबारदेखि अत्याधुनिक पार्किङ सेवा सुचारु भएको छ ।
लगभग १ करोड बढी लागतमा सम्पन्न भएको उक्त पार्किङमा एकसय बढी सानो सवारीसाधन, ३ सय बढी मोटरसाइकल, र ५५ बढी एम्बुलेन्स पार्किङ गर्न मिल्नेगरी निर्माण गरिएको हो ।

शिक्षण अस्पतालको पुर्वतर्फ बनाइएको उक्त पार्किङ निशुल्क रहेको छ । उक्त स्थानमा टाढाबाट बिरामी बोकेर ल्याउने एम्बुलेन्स चालकलाई आराम कक्ष पनि निर्माण गरिएको अस्पतालका सुचना अधिकृत रामकृष्ण हमालले जानकारी दिनुभयो । उक्त पार्किङको बारेमा सुचना अधिकृत रामकृष्ण हमालले स्पष्ट पारेका थिए ।
नव निर्मित पार्किङ्ग स्थलको एक कार्यक्रमका बिच लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. का सिईओ सन्तोषकुमार बि.एन.ले गरेका थिए । अस्पतालका निर्देशक प्रा. डा. रेशमबहदुर रानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासन प्रमुख सञ्जय पन्तले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य अस्पतालकी मेट्रोन ललिता शर्माले गरेकी थिईन ।
उक्त पाकिङ्ग स्थल निमार्ण भएपछि अस्तालमा उपचार आउने विरामीका वा विरामी लिएर आउने सवारी साधन सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरीएको छ । कार्यक्रममा तीनजना एम्बुलेन्स चालकलाई सम्मान गरिएको थियोे भने एम्बुलेन्स चालक संघले पनि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर , सुचना अधिकृत रामकृष्ण हमाल र बरिस्ठ इन्जिनियर कौशल कुमार शुक्लालाई सम्मान गरेको थियो ।
उक्त कार्यक्रममा संस्थाका फाइनान्स प्रमुख डिल्ली भुसाल, डा. जितेन्द्र महासेठ, सहायक मेनेजर श्याम धिताल, सुन्दर जङ्ग शाह, बरिस्ठ अधिकृत जयेश जङ्ग शाह, इन्जिनियर सिडी शर्मा, विभित्र विभागका इन्चार्जहरु, चिकित्सक लगायतको बाक्लो उपस्थिति रहेको थियोे ।

