व्यवसायीमाझ लोकप्रिय बन्दै तोपबहादुर थापा, उद्योग वाणिज्य संघको सदस्यमा जित निश्चित

अर्थ / बाणिज्य नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौ ६ गते हुन लागेको  निर्वाचनमा सदस्य पदका उम्मेदवार तोपबहादुर थापा व्यवसायीमाझ चर्चामा आएका छन्। थापा व्यवसायीका समस्या, हकहित र व्यावसायिक वातावरण सुधारका विषयलाई प्राथमिकतामा राख्दै निर्वाचनमा होमिएका हुन्।

नेपालगन्ज १२ निवासी थापाले व्यवसायीका समस्या नजिकबाट बुझ्ने र उनीहरूको आवाज संघमार्फत प्रभावकारी रूपमा उठाउन सक्ने उम्मेदवारका रूपमा थापालाई धेरै व्यवसायीले रुचाएको दाबी गरिएको छ। व्यवसायीको सुझाव र गुनासोलाई सम्मान गर्दै संघलाई अझ प्रभावकारी र व्यवसायीमैत्री बनाउन आफ्नो भूमिका रहने थापाले बताएका छन्।

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि सार्वजनिक गरिएको उम्मेदवार सूचीमा थापा चिरञ्जीवी वली नेतृत्वको टिममा  सदस्य पदका उम्मेदवारका रूपमा रहेको छ।

“व्यवसायीको हकहित, सम्मान र साझा आवाजका लागि टोपबहादुर थापा” भन्ने नारासहित थापाले आफ्नो पक्षमा समर्थन जुटाइरहेका छन्।
संघको निर्वाचनमा व्यवसायीको मत कसको पक्षमा जान्छ भन्ने विषयले अहिले नेपालगन्जको व्यवसायिक क्षेत्रमा चासो बढाएको छ। थापा अहिले निवर्तमान सदस्य समेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *