नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको प्रशिक्षणमा बरिस्ठ नेता महराले भने: एम सी सी पास हुदैन

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : नेकपा(माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिका संगठन कमिटीद्वारा आयोजना गरिएको प्रशिक्षण कार्यक्रम संगठन समितिका अध्यक्ष रतन बहादुर शाहीको अध्यक्षतामा नेपालगन्जका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम नेपालगन्ज उधोग बाणिज्य महासंघको हलमा सम्पन्न भएको छ ।
नगरसचिव प्रेम शाहले संचालन गरेको प्रशिक्षण कार्यक्रमको प्रमुख अथिती पुर्व सभामुख कृष्ण बहादुर महराले प्रशिक्षण मन्तव्यमा नेपालगन्जको बसाईको स्मरण गर्दै पार्टीका योजना वर्तमान परिस्थिति र माओवादी कार्यकर्ताले खेल्नुपर्ने भुमिका को प्रस्ट पार्दै जनतामा झाँगियर बनेको पार्टी आगामि दिनमा जनतातिरै फर्किनु पर्ने बताउनु भयो । वर्तमान बुर्जुवा ब्याबस्थालाई छोडेर समाजवादी व्यवस्थातिर देशलाई डोर्‍याउन माओवादीको विकल्प यो देशमा नभएको बताउदै देशमा संबैधानी कुबाट बचाउन मात्र गठबन्धन गरेको बताउनु भयो ।
एम सी सी बारेको जिज्ञासा बोल्दै एमसीसी पास गर्ने भए पार्टी सत्ताबाट बाहिरियर जनताको बिचमा जाने तर रास्ट्रघात नगर्ने उहाँले उल्लेख गर्नुभयो । संसोधन सहित राष्ट्रिय सहमतिको बाहेक अरुकुरा सोच्नै नसकिने बताउनु भयो । सत्तागठबन्धन भन्दा माथि सिद्वान्त र राष्ट्र रहेको स्ष्पट पार्नु भयो ।
प्रधानन्यायाधीशको महाअभियोगका बारेमा बोल्दै प्रधानन्यायाधीश को आचरणले न्यायमुर्तिमा रहिरहनसक्ने आधार गुमाएको न्यायलय लाई अस्थव्यस्त बनाएको जस्ता कारण प्रधानन्यायाधिश माथि महाअभियोग आएको प्रस्ट्याउनु भयो । कार्यकर्ताको उत्साहपुण सहभागिता भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अन्जना चौधरी, लुम्बिनी प्रदेश सदस्यहरु आईपी खरेल,अतहर हुसेन फारुकी,अक्कल बहादुर बम ,नवीन शर्मा,डिल्लिबराल लगायतका स्थानीय नेताहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम भएको थियो ।
कार्यक्रमको समापन गर्दै प्रशिक्षण कार्यक्रमका अध्यक्ष रतन बहादुर शाहीले नेपालगन्ज उपमहानगरपालिका मा माओवादीले नै आगामी चुनावमा जितको लालझण्डा गाड्ने गरि अभियान चलाएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *