नेपालगन्ज : शैक्षिक क्षेत्रमा एक कदम अगाडि रहेको जि.भि.एन. माध्यमिक विद्यालय नेपालगन्जले शुक्रबार गराएको अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता कक्षा १२ मा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीहरुले प्रथम स्थान हाता पारेका छन् ।
आज बिहान विद्यालयको प्राङ्गणमा २३ वटा टीम सहभागी भएको उक्त प्रतियोगितामा कक्षा १२ नेपाली मिडियमका व्यवस्थापन संकायका विद्यार्थीहरु प्रथम, विज्ञान संकायमा अध्ययनरत कक्षा ११ का बायो ग्रुप दोस्रो स्थान र तृतीय स्थानमा कक्षा ११ मा कम्प्युटर साइन्स व्यवस्थापनमा अध्ययनरत विद्यार्थीहरु भएका छन् ।

विद्यालयले पढाइको संगसंगै अतिरिक्त क्रियाकलापहरु गराइरहेको उक्त विद्यालयका संयोजक खुमलाल शर्माले बताउनुभयो । उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हाता पार्न सफल विद्यार्थीहरुलाई क्रमश ३ हजार, २ हजार १ सय र १ हजार ५ सय नगद र सम्मान गरिएको छ।
विजेता टीमका विद्यार्थीहरुलाई विद्यालयका सहायक प्रिन्सिपल दिपेन्द्र शर्मा, शिक्षक भरत पोखरेल, सुनिता बस्नेत, विनोद न्यौपाने , रमेश खनालले नगद पुरस्कार र सम्मान गर्नुभएको थियोे ।


