नेपालगन्ज मेडिकल कलेजका प्रोफेसर डा. पौडेल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त

मुख्य खबर स्वास्थ्य/ खेलकुद

नेपालगन्ज मेडिकल कलेजका प्रोफेसर डा. पौडेल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त

नेपालगन्ज :  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत प्रोफेसर डा. ढुण्डीराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष डा. पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

लामो समयदेखि डा. पौडेल वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ हुन्।  यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन्।

उनले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस (MS) गोल्ड मेडलसहित उत्तीर्ण गरेका हुन्। त्यसअघि उनले सोही संस्थानबाट एम.बी.बी. एस.  अध्ययन पूरा गरेका थिए।

डा. पौडेलले नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसकेका  छन्। अत्यन्तै सरल र काममा  लगनशील भएका  पौडेलको कार्य अनुभवका आधारमा उनले उक्त पदको जिम्मेवार सहजरूपमा पूरा गर्नसक्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *