सरकारले गरेको निर्णय विरुद्ध आई. जि. पी. कार्की अदालत जाने तयारी

मुख्य खबर

काठमाडौं : सरकारको आज बसेको मन्त्री परिषद्को बैठकको निर्णयले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्री कार्यालयमा बिशेश सल्लाहकारका रुपमा लैजाने र प्रहरी महानिरीक्षकमा मनोज के.सी. लाई बनाउने निर्णयका विरुद्ध प्रहरी महानिरीक्षक दानबहादुर कार्की अदालत जान कानुनी परामर्शमा जुटेको बताइएको छ ।

प्रहरी महानिरीक्षक कार्कीलाई म्यादी प्रहरी ड्रेसमा मुछिएको आरोप लागेर सार्वजनिक  लेखा समितिमा निवेदन परेको बताइएको  छ, यहीँ विषयमा रास्वपाका सांसद खगेन्द्र सुनारले बारम्बार कुरा उठाउदै आएका छन् ।

बुधबार नियुक्त गरेका प्रहरी महानिरीक्षक मनोज केसीलाई तत्कालीन कांग्रेस एमाले सरकारले अपराध अनुसन्धान प्रमुखबाट हटाएको थिए , उनले भुटानी शरणार्थी काण्डमा पूर्व गृहमन्त्री बालकृष्ण खाड लगायतलाई कारबाहीका लागि सिफारिस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *