नेपालगन्ज : नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले जनयुद्ध दिवसको अवसरमा विविध कार्यक्रम गरेर मनाउने भएको छ ।
आज पत्रकार सम्मेलनमार्फत जानकारी दिदै नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य रतन शाहीले फागुन १ र २ गते नगरले विविध कार्यक्रम सहित जनयुद्ध दिवस भब्य रुपमा मनाउने निर्णय गरिएको बताउनुभयो । उक्त दिवसको अवसरमा पुरुष खुल्ला भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम गरिने उहाँले बताउनुभयो ।
पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टीमलाइ रु ५० हजार नगद, द्वितीय हुनेलाई ३५ हजार र तृतीय हुनेलाई नगद २० हजार पुरस्कार घोषणा गरिएको छ ।
त्यसैगरी उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने प्रेस नोटमा उल्लेख गरिएको छ । उक्त कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएको छ जसअन्तर्गत आर्थिक उपसमितिको संयोजक गोपाल पुन, खेलकुद उपसमितिको संयोजक बसन्त मल्ल, प्रचारप्रसार उपसमितिको संयोजक डक्ट प्रसाद धिताल, अतिथि सत्कार उपसमितिको संयोजक ताराप्रसाद खत्री , सांस्कृतिक उपसमितिको संयोजक मन्दिरा पाण्डे, स्वयंसेवक उपसमितिको संयोजक इमाम खान लगायतका सदस्यहरु रहेका छन् ।
उक्त कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश मन्त्री माननीय कृष्णा केसी नमुनाले गर्नुहुने बताइएको छ ।
जनयुद्ध दिवसको पुर्व सन्ध्या माघ २९ गते साँझ सेतु बिक चोकमा र पार्टी कार्यालयमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

