निर्वाचन विशेष: अधिकांश महिला उद्योगी व्यवसायी भएको क्षेत्रमा नै महिला उम्मेदवार न्यून

अर्थ / बाणिज्य नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न भदौ २ गते हुन लागेको निर्वाचनमा दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । उद्योग वाणिज्य संघका दर्ता भएका फर्महरु अधिकांश महिला उद्योगीको नाममा भएपनि र राज्यले ३३ प्रतिशत महिला सुनिश्चित गरेपनि महिला उम्मेदवार न्यून रुपमा राखेको पाइएको छ ।

भदौ २ गते हुने निर्वाचनमा टंक बहादुर धामीले नेतृत्व गरेको समावेशी प्यानलमा महिला उपाध्यक्ष पदमा मा मन्दिरा पाण्डे र सदस्य पदमा इन्दिरा शाहीलाई उम्मेदवार दिइएको छ भने ललित रौनियारले नेतृत्व गरेको साझा प्रजातान्त्रिक उद्योगी प्यानलमा महिला उपाध्यक्ष पदमा करिष्मा योगीलाई उठाइएको छ ।

नेपालको संबिधानमा नै ३३ प्रतिशत महिला सहभागी अनिवार्य भनिए पनि त्यो कार्यान्वयन नभएको भन्दै महिला व्यवसायीहरुले दुखेसो पोख्ने गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघमा दर्ता भएका अधिकांश फर्म महिलाको नाममा दर्ता छ तरपनि उक्त क्षेत्रमा नेतृत्व गर्ने तहमा पाखा लगाइन्छ जतासुकै राजनीति हाबी भएको महिला व्यवसायीहरु बताउँछन् ।

देशको निति नियम मानेर गएको भए १७ जनाको कार्यसमितिमा ६ जना महिला आउनु पर्ने थियोे त्यो देखिएन, यसरी महिलालाई कहिलेसम्म पछाडि पार्दै जाने ? किन महिला नेतृत्व स्वीकार गर्न नसक्ने ? यस्ता अनेकौं प्रश्नचिंह खडा हुने गर्दछन् ।

हेर्नुहोस् महिला सहभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *