शारीरिक असक्तता भएका पत्रकार कठायतलाई स्कुटर हस्तान्तरण गर्दै

अर्थ / बाणिज्य स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : शारीरिक अपांगता भएका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य (कर्णाली प्रदेशका) पत्रकार मन बहादुर कठायतलाई अपांगमैत्री स्कुटर हस्तान्तरण गरिने भएको छ ।

लुम्बिनी प्रदेशका पू्व गृहमन्त्री तथा माओवादी केन्द्रका नेता तिलक शर्मा हिमालको प्रमुख आतिथ्यमा तथा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता, लोकराज जैसी ल‍ोकेशको अध्यक्षतामा नेपालगन्जमा रहेको होटल पिसप्लाजामा उक्त अपांग म‌ैत्री स्कुटर आइतबार बिहान ८ बजे हस्तान्तरण गरिने बताइएको छ ।
पत्रकार कठायतको दुवै खुट्टा नचल्ने भएको हुदा यताउता जान गर्न स्कुटर भएपछि सहज हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *