अर्घाखाँची – सन्धिखर्क नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा प्रमोद खनालले औपचारिक रूपमा आइतबार पदबहाली गर्नुभएको छ ।
पदबहाली कार्यक्रमका अवसरमा नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, बरिष्ठ प्रशासकीय अधिकृत मन्जु खनाल लगायतका कर्मचारी तथा जनप्रतिनिधिहरूले खनाललाई माला र अबिर लगाई स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले नगरको प्रशासनिक सुधार, पारदर्शिता र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन प्रमुख प्रशासकीय अधिकृत खनालको अनुभव र नेतृत्व उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
नवपदस्थ हुनु भएको खनालले पनि आफूले जिम्मेवारीपूर्वक काम गर्ने र नगरवासीलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
