नेपालगन्ज : आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यमा नेपाल मजदुर किसान पार्टीबाट बाँके क्षेत्र नं १ मा उम्मेदवार बन्नु भएको सुर्जा थापाले आफुलाई जनताले विजयी गराएमा सडक देखि सदनमा भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्नमा आवाज उठाउने बताउनुभयो ।
चुनावी प्रचारप्रसारमा जनताले गुनासो नै गुनासो छ, पुराना पार्टीहरुबाट आजित भएको बताएको उहाँले बताउनुभयो । जनता मत बदल्ने मनसायमा रहेका छन् यसपटक हामीलाई विजय गराउनेमा विश्वस्त छु उहाँले नागरिक पथलाई बताउनुभयो ।

आफ्नो पार्टीले विजय हासिल गरेमा ठूलाठूला भ्रष्टाचारीहरुलाई ज्यान सजाय हुने कानुनी व्यबस्था बनाउने उहाँले बताउनुभयो ।किसान, मजदुर र कामदार वर्गको हितमा कानुन बनाउने, संसदलाई जनताको पिरमर्का हेर्ने तथा देशको रक्षा गर्ने देशभक्तहरुको सदन बनाउमा लागि पर्ने बताउनुभयो ।
