जसपा नेपालका अध्यक्ष यादवले पार्टीका प्रतिवद्दता गर्नु भन्दा अरु पार्टीलाई गाली मै खर्चिए समय

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मंगलबार चुनावी सभालाई सम्बोधन गर्न बाँकेको डुडुवाको कम्दी  चोकमा सहभागी भएका हुन् । उनले अधिकांश भाषणको समयमा अन्य पार्टीलाई गाली गर्नमा र आरोप लगाउन मै खर्चेका थिए ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दी चोकमा भएको जसपा नेपाल पार्टीको चुनावी सभामा अध्यक्ष यादवले ३५ वर्षसम्म सत्ता चलाएकाहरुले केही काम गर्न नसकेको, सिक्टा सिचाइ अहिलेसम्म अधुरै रहेको, स्वास्थ्य, शिक्षामा जनताको पहुँच अझै पुग्न नसकेकोमा सबै दोष एमाले कांग्रेस लगायतका पार्टीको भएको आरोप लगाए ।

उनले सांकेतिक रुपमा आफ्नो पार्टीका पूर्व नेता मोहम्मद इश्तियाक राईलाई इङ्गित गर्दै दल बदल्नेहरुबाट कसरी जनताको काम गर्न सक्छन् जहाँ अवसर मिल्छ त्यतै भाग्छन भनेर कटाक्ष गरेका थिए । उनले मधेसीको मुद्दा उठाउने पार्टी जसपा नेपाल मात्र भएको पनि ठोकुवा गर्छु भनेका छन् ।

उक्त चुनावी सभालाई बाँके क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा उठेका उम्मेदवार कमरुद्दिन राई, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले लगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *