नेपाल टेड्र युनियन महासंघ जिफन्ट बाँकेकि इन्चार्ज सुमन गिरीलाई सम्मान

नेपालगंज बिशेष स्थानीय तह



नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ बाँके कि इन्चार्ज तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य सुमन गिरीलाई जिफन्ट नेपालगन्ज उपमहानगरपालिका कमिटीले सम्मान गरेको छ ।


जिफन्ट नगर कार्यालयमा भएको एक कार्यक्रममा उहाँलाई सम्मान गरिएको नगर अध्यक्ष कृष्ण बहादुर बुढाले जानकारी दिनु भयो । उक्त सम्मान कार्यक्रममा जिफन्ट पूर्व नगर अध्यक्ष अम्मर वली, उपाध्यक्ष दिपेश आचार्य, सचिव शोभा थापा मगर, सुनिता तिवारी, डम्बर डाँगी, मोहन थापा, लगायतको उपस्थिति रहेको अध्यक्ष बुढाले बताउनुभयो ।


सम्मान कार्यक्रममा बोल्दै बाँके इन्चार्ज गिरीले बाँके जिल्लामा भर्खरै नवनिर्वाचित भएका जनप्रतिनिधिहरुलाई श्रमजीवी श्रमिकहरुको तर्फबाट लिखित ज्ञापनपत्र बुझाउन लागेको बताउनुभयो । हामी संयुक्त ट्रेड युनियन समन्वय संग सहकार्य गर्दै छौं उहाँहरुले मानेमा सामूहिक दिन्छौं नमाने जिफन्ट एक्लैले उक्त पत्र बुझाउने गिरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *