नेपालगन्ज : जनता समाजवादी पार्टी नेपालको भातृ संगठन जनता समाजवादी महिला संघ नेपाल बाँकेको आयोजनामा तिजको शुभकामना आदानप्रदान तथा दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।
नेपालगन्जमा रहेको बाजेको सेकुवा होटलमा भएको कार्यक्रममा आफ्ना पार्टीका महिला दिदीबहिनी तथा अन्य पार्टीका महिला नेताहरू, महिला दिदीबहिनीहरुलाई दर खुवाएको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभाषद अम्बिका काफ्लेले बताइन् ।

उक्त कार्यक्रममा मधेसी , मुस्लिम, जनजाति, सबै समुदायका महिला दिदीबहिनीलाई तिजमा बोलाएर उत्कृष्ट र भिन्न किसिमको कार्यक्रम गरेको भन्दै उपस्थित कार्यक्रममा बोल्ने वक्ताले बताए । धेरै तिजको कार्यक्रममा सहभागी भएको छु तर आजको कार्यक्रमले मेरो मन छोयो किनकि कार्यक्रममा उपस्थित मधेसी, मुस्लिम, जनजाति, पहाडी सबै समुदायका दिदीबहिनीलाई देख्न पाइयो भेरी अस्पताल विकास समिति सदस्य तथा साहित्यकार किरण आचार्यले बताइन् ।
जनता समाजवादी महिला संघ लुम्बिनी प्रदेश सदस्य तथा बाँकेको अध्यक्ष सुशिला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव कमरुद्दिन राइ, विशिष्ट अतिथिमा लुम्बिनी प्रदेश सभाषद अम्बिका काफ्ले, अखिल नेपाल महिला संघ बाँकेको अध्यक्ष मिना ढकाल, नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक शाह, महिला नेतृ रेखा गुप्ता लगायतको उपस्थित रहेको थियो ।
जनता समाजवादी महिला संघ केन्द्रीय सदस्य खुश्बु श्रीवास्तवले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पार्टीका लुम्बिनी प्रदेश महासचिव राजन राना मगर, शुभकामना मन्तव्य मिना ढकाल, किरण आचार्य, लगायतले दिएका थिए ।

