नेपालगन्ज : बाकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १० स्थित ट्राफिक चोकमा रहेको एक किराना पसलमा अखाद्य बस्तु फेला परेको छ ।
शनिबार पवन अनुराधा ट्रेडर्स पसलबाट एक ग्राहकले किनेर लिएको सोयाविन तरकारीमा अखाद्य भएको पाईएको छ ।
सामानको प्याकेटमा रहेको बनेको समाप्ति मिति भएतापनि उक्त सोयाविन पकाउदा किरैकिरा मात्र भएको फेला परेको हो । जब त्यो सोयाबिन पाक्दै गर्दा त्यसबाट धेरै किराहरु निस्के पछि सामान किनेका ग्राहकले कप्लेन गर्न पसलमा पुगे उनले उक्त पसलको साहुबाट निकै ठूलो हप्की धप्की खेप्नु पर्याे ।

पसल साहुजिले मुख समालेर बोल भन्दै जाईलेगपछि ती ग्राहकले प्रहरीलाई फोन गरी बोलाएका थिए । उक्त पसलमा तुरुत पुगेको जिल्ला प्रहरीको टोलिले पसलमा खानतलासी गर्दा धेरै मात्रामा यस्ता सामान फेला पारेको प्रहरीले बताएका छन् ।
पछिलो समय खाद्य तथा किराना पसलहरुमा अखाद्य सामग्रीहरुको चरमरुपमा विक्री वितरण हुदै आएको पाइएको छ । यसमा सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।


