बाँके क्षेत्र नं २ का नेकपाका उम्मेदवार दिपेन्द्र बिष्ट जनताको रोजाइमा, के भन्छन् जनता ?

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज :  बाँके क्षेत्र नं २ का उम्मेदवार दिपेन्द्र बिष्ट  पछिल्लो समयमा जनताको मनमनमा बस्न सफल नेताको रुपमा आफुलाई स्थापित गरेका छन् । उनी नेपाली कम्युनिस्ट पार्टीमा हुदा कुशल नेतृत्व गरिरहेको अन्य पार्टीका नेता तथा  कार्यकर्ताले समेत अत्यधिक रुचाएका छन् । लोकतान्त्रिक गणतन्त्रमा मतदाताको भोट केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो। आगामी निर्वाचनमा कसलाई भोट दिने भन्ने निर्णय गर्दा उम्मेदवारको व्यक्तित्व, विचार, अनुभव र जनताप्रतिको प्रतिबद्धता मुख्य आधार बन्छ। यही सन्दर्भमा नेकपाका उम्मेदवार बिष्ट  एक भरोसायोग्य र सक्षम विकल्पका रूपमा देखिएको स्थानीय बासिन्दाले बताएका छन् । यस्तो छ उनको योजना र जनताको भनाइ :

१.  बिष्ट स्पष्ट  सोच र पार्टी प्रतिबद्धता

नेकपाका ३६ वर्षीय युवा नेता बिष्ट संविधानवाद र बहुदलीय प्रणालीप्रति दृढ आस्थावान नेता हुन्। उनले जहिल्यै नागरिक स्वतन्त्रता, मानव अधिकार र विधिको शासनलाई प्राथमिकतामा राख्दै आइरहेका छन्।

२. जनतासँग नजिक, समस्याप्रति संवेदनशील छन् बिष्ट

बिष्टको राजनीति कागजमा मात्रै सीमित छैन। गाउँ–टोल, नगर–वडासम्म पुगेर जनताको समस्या बुझ्ने, सुनुवाइ गर्ने र समाधानका लागि पहल गर्ने उनको कार्यशैली प्रशंसनीय छ। शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासका सवालमा उनी जनताको आवाज संसद र सम्बन्धित निकायसम्म पुर्‍याउन सक्षम छन्। उनी हरेक गलत कार्यको डटेर सामना गर्ने गर्छन् । उनी जेनजी आन्दोलनमा समेत सडका देखिएका थिए ।

३. इमानदार र स्वच्छ छविका रुपमा चिनाएका नेता हुन बिष्ट

वर्तमान राजनीतिमा सबैभन्दा ठूलो आवश्यकता इमानदार नेतृत्व हो। बिष्ट  स्वच्छ छवि भएका, विवादरहित र पारदर्शी नेताका रूपमा परिचित छन्। सार्वजनिक जीवनमा उनको आचरण र व्यवहारले नै उनलाई विश्वासयोग्य बनाएको छ। यसकारण उनी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा विजयी हुने देखिन्छन् ।

४. बिष्टमा विकास र समृद्धिको स्पष्ट दृष्टिकोण रहेको पाइन्छ

बिष्टले दिगो विकासलाई केन्द्रमा राख्दै स्थानीय उत्पादन, युवालाई स्वरोजगार, कृषिमा आधुनिकीकरण र सन्तुलित पूर्वाधार विकासमा जोड दिएका छन्। उनले विकास भनेको केवल ठूला योजना मात्र होइन, नागरिकको जीवनस्तर सुधार हो भन्ने मान्यता राख्छन्।

५. अनुभव र सक्षम नेतृत्व गर्ने क्षमता

लामो समयदेखि राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय बिष्ट  नीति निर्माण, समन्वय र कार्यान्वयनमा अनुभवी नेता हुन्। चुनौतीपूर्ण परिस्थितिमा पनि संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न सक्ने क्षमता उनीमा रहेको पाइन्छ । यसपालि बाँके क्षेत्र नं २ मा जित्ने सम्भावना बोकेका बलियो उम्मेदवारका रुपमा उनी रहेका छन् । देश र समाजलाई सही दिशामा लैजान विवेकशील, इमानदार र जनमुखी नेतृत्व आवश्यक छ। नेपाली कम्युनिस्ट पार्टीका  नेता दिपेन्द्र बिष्ट  यी सबै गुणले भरिपूर्ण व्यक्ति हुन्। त्यसैले लोकतन्त्र, गणतन्त्र  विकास र स्थायित्वको पक्षमा उभिन चाहने सचेत मतदाताका लागि दिपेन्द्र बिष्टलाई भोट दिनु सही निर्णय हुने अपेक्षा जनताको रहेकोछ।

६. भ्रष्टाचार अन्त्य  र सुशासन बिष्टको पहिलो प्राथमिकता
देशमा पछिल्लो समयमा भ्रष्टाचार व्याप्त भएको विद्यमान परिवेशमा आफुले जितेमा पहिलो प्राथमिकतामा भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने उनको योजना भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *