क्यान्सर पिडित बोगटीको सहारा बन्यो कानुन समाज सेवा नेपाल

अर्थ / बाणिज्य स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : मान्छेले जीवनमा दु:खसुख गरेर जनतन जीविकोपार्जन त गरेकै हुन्छ जब गरिबीको रेखामुनि रहेका परिवारमा घातक रोग लाग्छ उनीहरुको उपचार गर्न अरुको शरण पर्नुपर्ने हुन्छ, हो यस्तै भयो डोटी जिल्ला फुडसिल गाउँपालिकाका वडा नं ६ का अम्मर बहादुर बोगटीको जीवनमा ।

उनलाई क्यान्सर भएर बोनम्यारो सम्बन्धि  रोग लागेर उनको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताए पछि बोगटी परिवार छागाबाट खसेजस्तो भए। उनका छोरा बिरेन्द्र बोगटी डोटी जिल्लाबाट बाँके जिल्लामा बुबाको उपचार गर्नका लागि आर्थिक सहयोग रकम जुटाउन आएका थिए ।

बाँकेमा उनको सहारा कानुन समाज सेवा नेपालका सदस्यहरु ब्यानर बनाएर कोहलपुर र नेपालगन्ज बजारमा आर्थिक सहयोग जुटाउन लागि परे । उक्त समाजले २ दुई दिनमा रु ५१ हजार रुपैयाँ संकलन गरेर आज विश्व क्यान्सर दिवसका दिन उनका छोरा विरेन्द्र बोगटीलाई हस्तान्तरण गरेको समाजका अध्यक्ष छत्र सुनारले नागरिक पथलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *