टक्सार वचत तथा ऋण सहकारीको अध्यक्षमा पोखरेल

अर्थ / बाणिज्य नेपालगंज बिशेष

नेपालगन्ज – बाँकेको नेपालगन्जमा सञ्चालनमा रहेको टक्सार वचत तथा ऋण सहकारीको अध्यक्षमा इश्वर पोखरेल सर्वसम्मत रुपले चयन भएका छन् ।

उक्त सहकारी संस्था लि. को १४ औं वार्षिक साधारसभाबाट उपाध्यक्ष पदमा चिरञ्जीवी ओली, सचिव पदमा महेश्वर जोशी, कोषाध्यक्ष पदमा भानुभक्त रेग्मी, सदस्यहरुमा क्रमश डम्बर चन्द, प्रमोद गुप्ता र बसन्ती रोकाया साथै लेखा संयोजक निर्मल उपाध्याय चयन भएका छन् ।

पछिल्लो समयमा सहकारीप्रति जन विश्वास गुम्दै गइरहेको बेलामा नयाँ कार्यसमितिले यसलाई बचतकर्ताको विश्वास जितेर काम गर्नुपर्ने देखिएको नवनिर्वाचित अध्यक्ष पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *