भोजपुर : भोजपुर जिल्लाको पाैवादुङमा गाउँपालिकावडा नं ५ स्थित सानाेदुम्मा स्वास्थ्य भवन निर्माण सम्पन्न भएसंगै हस्तान्तरण गरिएको छ ।
शनिबार नवनिर्मित भवन पाैवादुङमा गाउँपालिका उपाध्यक्ष ज्याेत्सना राईको उपस्थितिमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।

उक्त भवन निर्माणको काम २०७५ सालमा नै निर्माण कार्य थाले पनि विभिन्न कारणहरूले रोकिएको थियो। भवन निर्माण सम्पन्न गर्नका निमित्त सघन शहरी तथा भवन निर्माण आयाेजना धनकुटा साथै आयाेजना सम्झाैता गर्ने सुर्य एण्ड जेभि निर्माण कन्स्ट्रक्सनले जिम्मा लिएको थियो।
उक्त आयोजनाको लागत मुल्य अभिवृद्धि कर बाहेक १ करोड ४१ लाख लागेको छ । उक्त भवन हस्तान्तरण कार्यक्रममा पाैवादुङमा गाउँपालिका उपाध्यक्ष ज्याेत्सना राई ,शहरी तथा भवन निर्माण आयाेजना प्रमुख सुमन कुमार मिश्र , वडा अध्यक्ष वम प्रसाद राई लगायत स्थानीय जनप्रतिनिधि ,कर्मचारी तथा स्थानीय समाजसेवी ,स्थानीयवासीहरुकाे उपस्थितिमा भवन हस्तान्तरण गरिएको हो ।
उक्त भवनबाट सम्पूर्ण वडावासीहरुलाई निकट भविष्यमै स्वास्थ्य सेवा सुचारु गरिने उक्त स्वास्थ्य चौकी प्रमुख सुदिप कुमार खड्काले बताए ।

