शारीरिक असक्तता भएका पत्रकार कठायतलाई  स्कुटर हस्तान्तरण

अर्थ / बाणिज्य लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : शारीरिक अपांगता भएका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य (कर्णाली प्रदेशका)  पत्रकार मन बहादुर कठायतलाई अपांगमैत्री स्कुटर हस्तान्तरण गरिएको छ ।

लुम्बिनी प्रदेशका पू्व गृहमन्त्री तथा माओवादी केन्द्रका नेता तिलक शर्मा हिमालको हातबाट पत्रकारलाई स्कुटरको चाबी दिएर हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै पुर्व मन्त्री शर्माले विश्वासको खडेरी परेको वर्तमान समयमा विश्वास गरि शारीरिक अपांगता भएका व्यक्तिलाई आर्थिक सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई धन्यवाद दिनु भएको छ ।

सामाजिक अभियन्ता लोकराज जैसी ल‍ोकेशको पहलमा आर्थिक अभियान संचालन गरिएको कार्यक्रममा डा. रविन्द्र बासकोटी ,डा. निस्ता श्रेष्ठ , सुनिल पोखरेलबाट रु १ लाख ८० हजार सहयोग भएको र अरु सानोतिनो रकम अन्य दाताहरुबाट भएको अभियन्ता जैसीले बताउनुभयो । अझै केही रकम ५४ हजार ७ सय २५ अपुग भएको हुदा सहयोगी दाता खोजिरहेको उहाँले बताउनुभयो । पत्रकार महासंघ र प्रेस काउन्सिल नेपाललाई समेत सहयोग गर्न भनेको उहाँले बताउनुभयो ।

रु २ लाख १८ हजार ९ सय रुपैयाँ परेको उक्त स्कुटर पाएपछि प्रतिक्रिया दिदै पत्रकार कठायतले सबैलाई धन्यवाद दिदै निरन्तर पत्रकारितामा कलम चलाउने प्रतिवद्दता जनाउनुभयो ।

नेपालगन्जमा ग्यारेज सञ्चालन गरेका सलमान राईले उक्त स्कुटरमा तीन पाङ्ग्रे बनाउन प्राविधिक सहयोग गरेको जैशीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *