नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २७ औं जनयुद्ध दिवसको अवसर पारेर गरिएको वृहत् रक्तदान कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको छ ।
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति सदस्य तथा कोहलपुर नगर इन्चार्ज युवा नेता नरेन्द्र न्यौपानेले रक्तदान गरी रक्तदान कार्यक्रम सुरु भएको थियो ।
रक्तदान कार्यक्रमा स्व:स्फुर्तरुपमा कोहलपुर नगरका १५ वटै वडाकाबासीहरुले रक्तदान गरेको नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटीका अध्यक्ष अबराज खड्काले बताए ।

खड्का अनुसार जनयुद्धको स्मरण गर्दै माओवादी आन्दोलनमा ज्यान आहुती गर्ने महान् सहिद, घाइते, अपाङ र वेपत्ता भएका व्यक्तिहरुकोे योगदानको उच्च मुल्याङकन गरी उहाँहरुको सम्झनामा आज रक्तदान कार्यक्रम गरेको बताए ।
