लुम्बिनी प्रदेश सांसद काफ्लेद्वारा बुलबुलीयामा निमार्ण हुन लागेको कब्रिस्थानको शिलान्यास

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १३ मा निर्माणाधीन रहेको कब्रिस्थान लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेले शिलान्यास गर्नु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं १३ निवासी सत्तर खान, असलम खान, जलालु खान लगायतका व्यक्तिहरुले भूमिदान गरेको जग्गामा उक्त कब्रिस्थान बनाउन लागिएको हो । उक्त ठाउँमा पहिला पनि कब्रिस्थान रहेको र मनकारी व्यक्तिहरुबाट भूमि दान पाएपछि व्यवस्थित रुपमा कब्रिस्थान निर्माण गर्न लागिएको समाजसेवी सत्तार खानले बताउनुभयो ।
समाजसेवी व्यक्ति सत्तार खानको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्ले, विशिष्ट अतिथिमा नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्दिन राई, जानकी गाउँ पालिकाका अध्यक्ष छब्बन खान लगायतको उपस्थितिमा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *