खजुरा गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमहरु संचालन



पुरन परियार
बाँकेको खजुरा गाउँपालिकाले स्थानीय स्रोत साधनकाे प्रयोग गरी सीप सिकाई व्यवसायी रुपमा सक्षम बनाउने उद्देश्यले पालिका का ८ वटै वडाहरुमा व्यवसाय सचेतना तथा तालिम संचालनमा ल्याएकाे छ ।

खजुरा गाउँपालिका काे लघु उद्यम शाखाकाे अायाेजनामा ७ दिने (TOPE/TOSE) तालिमकाे उद्धाटन अाईतबार पालिका अध्यक्ष डम्बरबहादुर बि.क (तुफान) र उपाध्यक्ष मन्जु मल्लले संयुक्तरूपमा गरेका छन ।
कार्यक्रममा बाेल्दै अध्यक्ष बि.क ले पालिकामा रहेकाे स्थानीय स्राेत र साधन लाई प्रयोग गरी सीप सिकेर व्यावसायिक तथा अात्मनिर्भर गराउने उद्देश्यले पालिकामा उक्त कार्यक्रम संचालन गरिएकाे बताएका छन । त्यसैगरि कार्यक्रमकाे समापनमा बाेल्दै उपाध्यक्ष मल्लले पनि अाफ्नाे धारणा राख्नु भएको छ ।
तालिममा पालिकाका वडा नं ७ र ८ नं बाट स्थानीय उद्यमि व्यवसायी हरुकाे सहभागी रहेकाे लघु उद्यम शाखाका कर्मचारी कृष्ण बाेहाेराले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *