नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नजिकिँदै गरेको स्थानीय तहको चुनाबलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीले अभियानलाई तिब्रता दिएको छ । आज नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा पार्टीको कार्यालय स्थापना देखि जन वर्गीय संगठ विस्तार गरेको छ ।

आज नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ मा भएको वडा भेला एवम् संगठन विस्तार कार्यक्रम अन्तर्गत ४ वटा जनवर्गीय संगठन विस्तार गरेको छ ।
संगठन विस्तार क्रममा अखिल नेपाल किसान महासंघ (क्रांतिकारी) अखिल नेपाल किसान मुक्ति मोर्चा अखिल नेपाल महिला संघ (क्रांतिकारी) र योङ कम्युनिस्ट लिग नेपाल गरी ४ वटा संगठन गठन गरेको छ ।


गिता बुढाथोकीको नेतृत्वमा ११ जना सदस्य अखिल नेपाल महिला संघ क्रांतिकारी लगायतका विभिन्न जनवर्गीय संगठन विस्तार गरिएको छ ।
कमाण्ड नं अन्तर्गत तारा प्रसाद खत्रीको कमाण्ड र सह कमाण्ड नन्दलाल बैश्यले उक्त कार्यक्रमको कमाण्ड गर्नु भएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कमिटीका अध्यक्ष तिरथ राम चिडीमारले गर्नु भएको थियो भने प्रमुख अतिथिमा लुम्बिनी प्रदेश कमिटीका सहसचिव एवम जुझारु युवा नेता अक्कल बहादुर बमले गर्नु भएको थियो ।
त्यसैगरी अतिथिहरुमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नविन शर्मा, मनिषा चनारा, नेपालगन्ज उपमहानगरपालिका नगर कमिटी अध्यक्ष युवा नेता रतन शाही, उपाध्यक्ष तारा प्रसाद खत्री, कोषाध्यक्ष कस्मिरा खातुन, सहसचिव नन्दलाल वैश्य, सदस्यहरु मिना डाँगी, मन्दिरा पाण्डे, गिता मल्ल, गिरीराज भुषाल, धर्मराज न्यौपाने, वाइसीएल नगर अध्यक्ष इमाम खान, मुस्लिम मुक्ति मोर्चा नगर उपाध्यक्ष मुस्ताक अन्सारी प्रेस सेन्टर नेपालगन्ज नगर अध्यक्ष चन्द्र बोहरा , वडा नं ४ का वडा अध्यक्ष अर्जुन कार्की, नगर सदस्य पवन शर्मा, विद्यार्थी नेता मर्मजङ्ग बम लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
