नेपालगन्ज : “युवा तथा बालबालिका” लक्षित वर्ग तथा “शैक्षिक-बौद्दिक” लक्षित क्षेत्र अन्तरगत रहेर नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा “नेपालको संघिय संसदीय अभ्यास” सम्बन्धि दुई दिने नमुना मिनी अभ्यास सम्पन भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको सभा हलमा फागुन २७ र भोलि २८ गते भएको प्रशिक्षण तथा अभ्यास सम्पन्न भएको छ । जसमा “व्यवस्थापीका र कार्यपालिकाको जिम्मेवारी” ” कानुन निर्माण प्रक्रिया, संसद अधिवेशन आह्वान देखि अन्त्यसम्मको प्रक्रिया ” युवा र राजनिती लगायतको बारेमा प्रशिक्षण दिइएको हो ।
उक्त कार्यक्रममा उत्कृष्ट अनुसन्धानकर्ता, उत्कृष्ट नेतृत्वकर्ता , उत्कृष्ट वक्ता गरि ३ विधामा ट्रफी, मेडल, प्रमाणपत्र, शैक्षिक छात्रवृत्ति, सदस्यता प्रदान लगायत विविध पुरस्कारहरु दिइएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको सभा हलमा भएको समापन कार्यक्रमको प्रमुख अतिथिका रुपमा लुम्बिनी प्रदेश मन्त्री माननीय कृष्णा के.सी. नमुना रहनु भएको थियोे । त्यसैगरी अतिथिमा उच्च अदालत तुल्सीपुर इजलासका शाखा अधिकृत कुल बहादुर भण्डारी, प्रेस सेन्टर नेपाल बाँकेका सचिव के.पी. घिमिरे लगायतका रहनु भएकोे थियोे ।
उक्त संसदीय नमुना अदालतमा बाँकेमा कक्षा ११ र १२ मा अध्ययन गरिरहेका ४५ जना विद्यार्थीहरुको उपस्थिति रहेकोे थियोे । जि.भि.एन. मा.वि. नेपालगन्जमा कक्षा १२ मा कानुन संकायमा अध्ययनरत विद्यार्थी विवेक शर्माले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य उक्त संस्थाका संयोजक मुकुन्द दीप मडैले गर्नु भएको थियोे भने
प्रशिक्षक विनोद खत्रीले हिजो दिनभर प्रशिक्षण दिएको र आज बिहान संसदीय अभ्यास गराउनु भएको संस्थाका अध्यक्ष मडैले जानकारी दिनुभयो ।
सहभागी सबैलाई मन्त्री के.सी.ले प्रमाणपत्र दिनु भएको थियोे भने आयोजक टीमले मन्त्री केसी.लाई मायाको चिनो प्रदान गरेको थियो ।