नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन दलित मुक्तिमोर्चाको भोलि फागुन २७ गते बाँकेको नेपालगन्जमा भेला हुने भएको छ।
नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटिका अध्यक्ष रतन शाहीका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका २३ ओटै वडाका दलित मुक्तिमोर्चाका सदस्यहरुलाई र वडा कमिटीलाई अनिवार्य उपस्थिति गराईदिनका लागि सर्कुलर गरिएको जानकारी दिनुभयो । उहाँले संगठनात्मक अभियानका तीन ओटै कमान्डका संयोजक,सह-संयोजक,नगर सदस्य र वडा कमिटि अध्यक्षहरुलाई जानकारी दिएको बताउनुभयो ।

उक्त भेला भोलि बिहान ११:00 बजे नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको पार्टी कार्यलय अगाडि रहेको होटल द्रबे कुटिरमा भेला हुने बताउनु भएको छ।
